दुर्घटनामा घाइते १२ जनाको प्रतिष्ठानमा उपचार हुदै

जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी उक्त जिपका सवार १० जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगा देखि कालिकोटको नाग्म जादै गरेको भे १ ज १२२० नम्बरको जीप दुर्घटना भएको हो ।

घाइते हुनेमा हिमागाउपालिका ४का १७ वर्षिया जमुना शाही ,सोही गाउपालिका ७का ४१ वर्षका विर्ख शाही तिलागुफा नगर पालिका २बस्ने ४८ वर्षका रण बहादुर बोहोरा ,सोही ठाउका ४३ वर्षकी बेलुकृष्णा बोहोरा , रहेका छन । त्यस्तै हिमा १ का १५ वर्षका विवेक शाही ,सिजा गाउपालिका ३ का ३१ वर्षका कर बहादुर नेपाली ,सोही गाउपालिका २का ३६ वर्षका जिवन प्रसाद तिवारी , रहेका छन ।

त्यस्तै सिजागाउपालिका ३मा बस्ने ४२ वर्षका मेघ बहादुर सार्की , हिगाउँपालिका ४का २५ वर्षिया सिता रोकाया र उनकी ५ महिनाकी छोरी प्रिमिका रोकाया रहेको जुम्ला प्रहरीले बताएको छ । त्यस्तै तिलागाउपालिका ८का ३० वर्षका धनलाल बस्नेत ,र तिला १का ५८ वर्षका चाउरे बुढा रहेका छन । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नरेन्द्र चन्दले बताए । प्रतिष्ठानमा एक चालक सहित १२ जनाको उपचार भइरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रबत्ता रमेश भट्टराइले घाइते १२ जना मध्य ४जनाको अवस्था गम्भिर रहेको छ । अरु सबै सामन्य अवस्था छन उपचार भइरहेको छ । केही यात्रुलाई गम्भीर चोट लागेको देखिएको छ, उनीहरुको एक्सरे गर्ने काम भइरहेको छ । तीब्र गतिमा आएको भ्यान सिधै सडकबाट खोलामा गएको स्थानीय लोकबहादुर दमाइले जानकारी दिए ।उनले भने,‘भ्यान सिधै खोलामा गएर मात्र बच्यो । अनेत्र स्थानमा खसेको भए सबैको अवस्था दयनिय हुने थियो ।

 

सम्बन्धित समाचार