जुम्लामा भ्यान दुर्घटना १० घाइते
जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी उक्त जिपका सवार १० जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगा देखि कालिकोटको नाग्म जादै गरेको भे १ ज १२२० नम्बरको जीप दुर्घटना भएको बताए । उनका अनुसार भ्यानमा १० जना यात्रु थिए । सबै यात्रु घाइते भएका छन ।
घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउदै गरीएको छ । केही सामान्य घाइते छन । केही यात्रुलाई गम्भीर चोट लागेको देखिएको छ । डिएसपी चन्दले भने,‘अहिले घाइतेको उद्धार भइरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट एम्बुलेन्स घाइते ल्याउन गइरहेको छ । तीब्र गतिमा आएको भ्यान सिधै सडकबाट खोलामा गएको स्थानीय लोकबहादुर दमाइले जानकारी दिए । उनले भने,‘भ्यान सिधै खोलामा गएर मात्र बच्यो । अनेत्र स्थानमा खसेको भए सबैको अवस्था दयनिय हुने थियो ।








