जुम्लामा बिधुत् सेवा अवरुद्ध

जुम्ला ः जुम्लामा बिधुत सेवा अबरुद्ध भएको छ । दुई दिनदेखि विधुत् नआउदा यहाका नागरिक अँध्यारोमा बस्न बाध्य भएका छन । जुम्लामा राष्ट्यि प्रशारण लाइनमा जोडिएपनि पटकपटक अबरुद्ध हुदा यहाका नागरिक अँध्यारोमा बस्न बाध्य भएका हुन । दैलेख ,कालिकोट खण्डमा विद्युत प्रसारण लाइनमा खरावी आएपछि विजुली अवरुद्ध भएको बिधुत प्रराधिकरणले बताएको छ । कालिकोट देखि जुम्ला ११ केभिए राष्ट्यि विद्युत प्रशारण लाइन जडान भएको छ । तर पटक पटक विग्रने भएका कारण जुम्लीले विजुली आपूर्तिको समस्या जुम्ला बासीले भोग्दै आएका छन् ।

३३ केभिएको लाइन जुम्ला नपुगेसम्म विजुली आपूर्तिमा समस्या आइरहने नागरिक समाजका अगुवा राजबहादुर महत बताउन्छन् । दुई दिनदेखि विजुली आपूर्ति नहुदा स्थानीय बासीले मोवाइलसमेत चार्ज गर्न पाएका छैनन् ।
नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले विद्युत प्रसारण लाइन मर्मत कार्य जारी रहेको बताए । यहाँ उत्पादित विजुलीको क्षमताले सवै ठाउँमा धान्न सकेको छैन । उनले भने ,‘जुम्लामा उत्पादन भएको घघुत्ती पावरहाउसबाट भ्याससम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, टुडिखेल, बजार, विजयनगर क्षेत्रमा लाइन सञ्चालन गर्ने तयारीमा छौँ ।
नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले बताए । उनका अनुासर दुल्लु कालिकोट ३३ केभिए लाईनमा समस्या देखिएको हो । त्यो क्षेत्रमा कालिकोट वितरण केन्द्रले हेर्ने हो । अहिले सर्टट्रमका लागि कोहलपुरबाटै विजुली आएको छैन । त्यो त एकैछिनमा आउछ । यस्तै कालिकोट वितरण केन्द्रका प्रमुख नारायण प्रसाद पौडेलेका अनुसार दुल्लु खण्डमा समस्या आएको हो । मर्मतका लागि टोली पुगेको छ । मर्मत भएपछि मंगलबार बेलुकासम्म लाइन आउन सक्ने बताए ।

 

सम्बन्धित समाचार