जुम्ला उत्पादन हुने अतिस औषधिको लागी प्रयोग गरिदै

जुम्ला : स्थानीय भाषामा अतिस वा निरमसी नामले चिनिने यस विरुवा करिब १ मिटर सम्म अग्लो हुने, गरेको पाइने गरेको जिल्ला वनस्पती अनुसन्धान केन्द्रका कार्यलय प्रमुख रमेश बस्नेतले बताए । उनले यो बिरुवा नेपालको हिमाली क्षेत्रमा पाईने रैथाने विरुवा भएको बताएका हुन । उनले भने,‘ यस विरुवाको जमिन नजिकैको काण्डबाट पातहरु पल्लाएर आउछन,। यसको पातहरु पाँच खण्डमा विभाजित भएको हुन्छ ।यसका प्रत्यक खण्डहरु अझ धेरै खण्डमा विभाजित हुन्ने गरेको छ ।

अतिस पदम चाल , डाँलेचुक, लौठ सल्ला, रोजमेरी, देवदियार लागय बिरुवाको उत्पादन हुदै आएको छ । उनले भने कर्णाली प्रदेशमा पाइने ६१ वटा वनस्पति अनुसन्धानको क्रममा रहेको छ । उनले भने अनुसन्धान केन्द्रले लगुपत्र र टुकी फुल उत्पादन गर्दै आएको छ । प्रमुख बस्नेतले भने, वनस्पतिको संरक्षण , प्रबोद्धन र यसबाट लिनसकिने फाइदा नै हाम्रो सम्पती हो । उनले भने केशर खेतिमा गाना कुइने र बिउमा मुसा लाग्ने समस्याले सोचेजतीको उत्पादन नभएको बताए। उनले पछिल्लो समयम यसको उत्पादन बढाउन केही कोषिस गरिएको छ ।

उनले थपे ,धिताचौरमा रहेको वनस्पति अनुसन्धानलाई केही ब्यवस्थित बनाएको छ । यहा घुम्ना आउने पर्यटकको लागी टिकट घर बनाइएको छ , उनले भने,“ यसले गर्दा कुन ठाउबाट कति नागरिक आए भन्ने एकिन तथ्यङ्क हुने छ । धिताचौरमा बत्ती पुगेको छ। यो बत्ती नियमित भएको खण्डमा यसको सुरक्षाका लागी सिसि टिभि जडान गरिने ।

त्यस्तै अनुशन्धान केन्द्रका आनुसार अतिस वैजनी तथा प्याजि रङ्गको फुलहरु लहरै एकै तर्फ फर्केर फुलेका हुन्छन। यसको विरुवाको जराबाट ज्वरो, रुघाखोकी, पखाला, रक्त विकार, कलेजो सम्बन्धि समस्या भएका हरुको लागी औषधीको रुपमा प्रयोग गरिदै आएको चित्सकहरुले बताउने गरेका छन । स्वाथ्यकर्मीका अनुसार अतिसको बिरुवाले वाथ रोग, छारेरोग, भोक नलाग्ने समस्या भएका ब्यक्ति र गाईवस्तुको खुरमा भएको घाउहरुको लागी उपचारमा प्रयोग गरिदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले जुम्लाको जडीबुटी र खस सभ्यताको संरक्षणको लागी सबै लाग्न आबश्यक रहेको छ । उनले प्रकृतिको धनी छौ भनेर ढुक्क हुन हुदैन । यसबाट आउने नतिजाको बारेमा पनि ध्यान दिनु पछ्र्र । वनजंगल फडानी हुनु जडीबुटीको चोरी निकासी हुन र ,अबैध उत्खान जस्ता कार्यले गर्दा औषधी जन्य बनस्पती लोप हुने अबस्थामा पुगेका छन ।

सम्बन्धित समाचार