सत्ता गठवन्धन बीच चुनावी छलफल जारी

जुम्ला ः स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि जिल्ला स्तरमा राजनीतिक दलहरुको चुनाव केन्द्रीत गतिविधि अगाडी बढाएका छन् ।चुनावलाई केन्द्र विन्दुमा राखेर जुम्ला दलहरुले गाउँमा आमसभादेखि मतदाता भेटघाट र घरदैलो जस्ता कार्यक्रमलाई तिव्र गतिमा गर्दै आएका हुन ।

स्थानीय तहको निर्वाचन केन्द्रीत गठवन्धनका जिल्ला स्तरका शिर्ष नेताहरुले छलफलमा जुटेको पाइएको छ ।
सत्ता साँझेदार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला स्तरका शिर्ष नेताहरुले स्थानीय तहको चुनाव केन्द्रीत छलफल गरेको नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक बिरबहादुर कुवँरले बताए । उनले भने, नेपाली कांग्रेस सभापति कर्ण बहादुर शाहीको संयोजकत्वमा सरकार गठवन्धन दल नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक बिरबहादुर कुवँर र ,नेकपा एकिकृत समाजवादी पार्टी जुम्लाका उपाध्यक्ष नन्दराम रोकाया बीच पहिलो पटक चुनाव केन्द्रीत छलफल भएको हो ।
गठवन्धनका दललाई निकै सकस पर्ने
जुम्लामा एक नगरपालिका र ७ गाउँपालिका छन् । नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखको उम्मेदवार छनौट गर्न गठवन्धनका दलहरुलाई निकै सकस पर्ने देखिएको छ । गठवन्धनभित्रका दलहरुभित्र प्रमुख उपप्रमुखका आकांक्षी धेरै देखिएकालाई उम्मेदवार छनौट सकस भएको हो ।

नेकपा माओवादी पार्टी जुम्ला जिल्ला समन्वय समितिका संयोजक बिरबहादुर कुँवरले पहिलो चरणको वैठक बसेको र आगामी दिनमा घनिभुत रुपमा वैठक बस्ने आरम्भको छलफल भएको बताए । उनले देशभर गठवन्धनले चुनावी तालमेल गर्ने निर्णय अनुसार जुम्लामा पनि वैठक भएको बसेको छ । अव पार्टीमा घनिभुत छलफल गरेर अगाडि बढ्ने निर्णय भएको छ ।
माओवादी र कांग्रेस अगाडि
बि.सं २०७४ सलामा जुम्लामा ८ वटा स्थानीय तहमा नगरपालिका सहित चार पालिकामा प्रमुख तथा २ तहमा उपप्रमुख नेपाली कांग्रेस, ३ तहमा प्रमुख, ५ तहमा उपाध्यक्ष सहित नेकपा माओवादी केन्द्र, एक तहमा अध्यक्ष र एक तहमा उपाध्यक्ष नेकपा एमालेले बिजय हात पारेको थियो ।

यसैगरी नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समिति प्रमुख र नेपाली कांग्रेसको उपप्रमुख बिजय हात पारेका थिए ।पछिल्लो समय नेकपा एमाले टुक्रिएपछि समाजवादी सँगको तालमेलमा यदि गठवन्धन भएमा निर्वाचन गठवन्धनको हातमा पर्नेमा दुईमत देखिदैन । नेताहरुले पाटीभित्र घनिभुत छलफल गरेर अर्को वैठक बस्ने बताएका हुन् ।