कर्णालीको पर्यटन विकासका लागि सरकार गम्भीर छ : मन्त्री लामा

जुम्ला ः कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन ,वन तथा बातावरण मन्त्रती छिरीङ डम्डुल लामा (कार्चेन)ले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि सरकार गम्भीर भएको बताए । दोभान मल्टिमिडियाले सोमबार बलयकाँडामा आयोजना गरेको प्रकृति पर्यटन र कर्णालीको परिवेश’विषयकको बहस कार्यक्रम यस्तो बताएका हुन। उनले भने,‘नेपाल अथाह पर्यटकीय सम्भावना बोकेको कर्णली प्रदेश हो ।

हामीमा ईच्छाशक्ति भयो र इमान्दार भयौं भने मात्रै कर्णालीको पर्यटन व्यवसायमा निकै ठूलो प्रगति हासिल गर्न सकिन्छ । पर्यटन प्रवद्र्धनका लागि सरकारले पहल गरिरहेको जानकारी दिँदै उनले भने,‘कर्णाली प्रदेशमा पर्यटन ऐन आएको बताए ।

यस अघि पर्यटन ऐन निमार्ण नभएका कारण केही समस्या भएको हो । कर्णालीमा पर्यटन बिकासको लागी सबै संग सहकार्य गर्ने प्रतिबद्धता गरे । मन्त्री लामाले सरकारको हित विपरित अप्ठ्यारो पार्ने निजी क्षेत्रले नभई सम्भावनामा जोड दिनु सुझाए ।

कर्णालीका महत्वपूर्ण क्षेत्रमा पर्यटन भित्र्याउने योजनमा सवैले सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन ,वन तथा बातावरण मन्त्रालयका सचिब मोहनदेव जोसीले राज्यले कणार्लीलाई दुइ वटा आँखा बाट हेरिने गरेको बताए । उनले भने,‘पहिलोत अभाव र गरिवीले हेर्ने गरिन्छ ।

दोस्रोमा प्रकृतिक स्रोतको रुपमा पनी हेर्ने गरेको बताए । उनले कर्णालीमा पर्यटन बिकासको लागी ५ वटा प,‘को आबश्यकता पर्ने बताए । उनले पहँुज पुर्वधार ,प्रचार ,प्रवोधन,प्रर्यावरण जस्ता कुरा महत्वुण हुने बताए ।

त्यस्तै नेपाल पर्यटन वोर्डका सिओ डाक्टर धनन्जय रेग्मीले कर्णालीमा चाडै पर्यटन वोर्डको शाखा खोल्न आवश्यक रहेको भन्दै कर्णाली पर्यटन क्षेत्रमा भर्जिन क्षेत्र रहेकोमा प्रवर्धन गरिनुपर्ने बताए । उनले कर्णाली क्षेत्रमा पर्यटन विकास राम्रो गर्न सरकारले विशेष निति आवश्यक रहेकोमा जोड दिए ।

उनले भने,‘एकै पटक विकास नहुने तर भएको विकास वाड्ने चलन हटाउनु पर्ने बताउदै पर्यटन वोर्डले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरे ।त्यस्तै कर्णाली प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले गोठिकाडाको वयालकाँडामा प्याराग्लाईडिङ शुरु गरेपनि प्रवर्धन गर्न सरकारले ध्यान दिनुपर्ने बताए । उनले समग्र कर्णालीकै निजी क्षेत्रमा लगानी गर्ने बातावरण र निति आवश्यक भएकोमा जोड दिए ।