कर्णालीलाई शैक्षिक हब बनाउन सकिन्छ ःसांसद भण्डारी
जुम्ला ःकर्णाली प्रदेश सरकारका पुर्व कानुन मन्त्री तथा प्रदेश सांसद नरेश भण्डारीले अबको शिक्षा सिप र श्रमसंग सम्बन्धी हुनुपर्ने बताए । दोभान मल्टिमिडियाको आयोजनामा भएको ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयकको बहस कार्यक्रम यस्तो बताएका हुन ।‘अब शिक्षा दुई धारमा सञ्चालन गरिनु पर्छ,’उनले भने, ‘पब्लिक धार र प्राविधिक धार बनाएर जान जरुरी छ ।
हामीले पढाउने शिक्षालाई सिप जोड्न सकेनौँ ,उनले भने,‘ साधारण शिक्षा पढ्ने मात्र बनायौं ।’ निजी र सामुदायिक भनेर दुईखाले शिक्षा सञ्चालन रहेको तर प्राविधिक शिक्षालाई अझै पनी प्राथमिकतामा पर्न नसकेको उनले बताए ।
उनले भने,“एक दर्शक पहिलेको कर्णालीको शिक्षा इतिहास सुनाउदै केही सुधार भएको बताए । भण्डारीले कर्णालीमा उच्च शिक्षाका बारेको बहस कार्यक्रममा अहिलेको शिक्षा नीति निर्माण तहमा रहेको तर चाहेजस्तो शिक्षाको विषयलाई सुधार गर्न नपाएको उल्लेख गरे ।
उनले भने, ‘अहिले शिक्षामा संघीय कानुन बनेको छैन,’ संघीय संसद्ले नयाँ ऐन जारी गर्न लागेको उल्लेख गर्दै उनले भने, ‘विद्यालय शिक्षादेखि देशका एउटै विश्वविद्यालयले १६ सय सम्बन्धन दिदै आएको अवस्था छ । यो हुनु भएन । अब केन्द्रीय, स्टेट, स्थानीय युनिभर्सिटी हुनुपर्छ ।’ उनले पब्लिक र प्राइभेट खुला हुन नसकेको उल्लेख गरे ।
‘अब सरकारले कर्णालीलाई शिक्षाको हब बनाउनु पर्छ ।
विदेश जाने विद्यार्थीको ताँती रोक्ने काम शिक्षा क्षेत्रले पनी गर्नु पर्छ । कर्णालीलाई शिक्षाको हब बनाउन सकिने उल्लेख गर्दै भने, ‘विद्यालय जुन ठाउँमा आवश्यकता छ, भौतिक पूर्वाधार निर्माण गरेर विद्यार्थि टिकाउन जरुरी छ । युनिभर्सिटीमा अध्यायनरतले राजनिति गर्नु ु हुदैन । तर भइरहेको छ । यो दुखत बिषयहो । उनले भने ‘सरकार शिक्षाको समग्र सुधारप्रति गम्भीर हुने छ । यो कर्णालीले मात्रै होइन हरेक प्रदेश सरकारले आफ्नो प्रदेशको विशेषता अनुसारको दक्ष जनशक्ति निर्माण गर्नका लागि प्रकृतिको विश्वविद्यालयको स्थापना गर्नु उपयुक्त हुने छ ।
कर्णालीमा उच्च शिक्षाको आवश्यकता पूरा गर्नका लागि शिक्षाको विकेन्द्री करणको नीति अनुरूप म्यापिङ्गका आधारमा उच्च शिक्षा प्रदान गर्नका लागि क्याम्पसहरू सञ्चालन गर्नुपर्ने दखिन्छ । कर्णाली प्रदेश प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय आदि अनेकन स्रोत साधन र समृद्धिका सम्भावनाहरु छन । शिक्षालाई तिनी स्रोत साधन परिचालन र उपयोग गर्नसक्ने जनशक्ति उत्पादनको मध्यम बनाउन सकिने सांसद भण्डारीले बताए । शिक्षा सिप र श्रमसंग नजेडे कर्णालीको उद्देश्य पूरा हुन सक्दैन ।
भण्डारीका अनुसार शिक्षालाई कर्णालीको मौलिक कला, संस्कृति, भेषभुषा, भाषा, साहित्य, ऐतिहासिक, धार्मिक पहिचान र पर्यटकीय क्षेत्र, भौगोलिक तथा जैविक विविधता जस्ता पक्षमा अध्ययन अनुसन्धान तर्फ जोडन आबश्यक छ । अनिमात्रै यहको आर्थिक सामाजिक जीवनस्तर माथी उकास्न सक्ने जनशक्ति उत्पादन हुने छ ।









