कर्णालीलाई समृद्ध बनाउन छ वटा ‘ब’लाई ध्यान दिन आवश्यक
वीरेन्द्रनगर : समृद्ध कर्णाली बनाउनका लागि राज्यका सबै निकायहरुले छ वटा ‘ब’लाई ध्यान दिनुपर्ने मुख्यमन्त्री शाहीले बताएका छन् । समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा सो कुरा मुख्यमन्त्री शाहीले बताएका हुन् ।
कार्यक्रममा कर्णालीका मुहार फर्नका लागि छ वटा ब लाई ध्यान दिन आवश्यक रहेको मुख्यमन्त्री शाहीले बताए । उनले कर्णालको बिकासका लागि बाटो, बिजुली, बिचार, बन, बजार र व्यवस्थापनलाई ध्यानमा राखेर काम गर्नु अहिलेको आवश्यक रहेको बताए ।
यी कुराको पहुँच कर्णालीका सबै बस्तीहरुमा प’न नसकेको कारण कर्णालीको बिकास हुन नसकेको उनले बताए । कार्यक्रमको पहिलो सेसनमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको बहस चलिरहेको छ । यो सेसनलाई पत्रकार विष्णु विवेकले सञ्चालन गरिरहेका छन् । संघीयता कार्यान्वयन, कर्णालीको सुशासनबारे छलफल भइरहेको छ ।







