जुम्लाका विद्यार्थी र यूवा बजार सरसफाइमा जुटे


, जुम्ला ःजुम्लाका युवा र बिद्यार्थी बजार सरसफाईमा जेटेका छन । दिनप्रतिदिन बजारमा थुप्रिदै रहेको फोहोर सरसफाई गर्न विद्यार्थी र यूवा जुटेका हुन ।मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न स्थानयि एशिया ईन्टर नेश्नल वोडिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ यूवा क्लवमा आबद्ध यूवाहरु जुटेको छ ।

बजारमा बढेको फोहोर टिपेर डस्बिनमा राखेर सचेतना दिएको उनीहरुले बताका छन ।सरसफाई अभियानलाई प्रभावकारी बनाउन चन्दननाथ नगरपालिकाले साथ दिएको छ भने, प्राविधिक सहयोग खानेपानी तथा उर्जा विकास शाखाले गरेको छ ।
त्यस्तै चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने महत र प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले आफै विद्यार्थी र यूवाको साथमा सड्कमा फोहोर टिप्दै सरसफाई अभियानमा लागेका हुन ।
एशिया स्कुलका सस्थापक तथा चन्दननाथ यूवा क्लवका अध्यक्ष मनोज बुढाथोकी मगरले हरेक शनिवार केही न केही सामाजिक काम गर्ने योजना अनुसार यो शनिवार विद्यार्थी र यूवाहरु पनि सड्कमा आएका बताए ।
सरसफाई कार्यक्रममा खानेपानी तथा सिचाई कार्यालयले ८० भन्दा बढि डस्विन उपलब्ध गराएर विभिन्न स्थानमा फोहोर

व्यवस्थापन गर्न सहयोग गरेको छ । सरसफाई अभिायानमा खानेपानी तथा सिँचाईका कार्यालय प्रमुख अनुप श्रेष्ठ पनि सरसफाई कार्यक्रममा सहभागी हुनु भएको थियो । यस अघि पनि नगपालिका, खेलाडीहरु, सुरक्षा निकायले सफाई गर्दै आएका छन