बालविवाह मुक्त गाउपालिका घोषणा गर्ने तयारीमा हिमागाउपालिका
जुम्ला ःजुम्लाको हिमागाउपालिकाले बालविवाह मुक्त गाउपालिका घोष्णा गर्नका लागी जुटेकोे छ ।नेपालको संविधान र बालबालिका सम्बनधी ऐनले बालबालिकाको हकमा वालविवाहलाई निषेध गरिसकेकोले सरकारको अभियानलाई सफल पार्नका लागी पनी गाउँपालिकाले यस्तो घोषणा गर्न थालेको हो । बालविवाहले नै समाजिक ,आर्थिक लगायतका हिंसा निम्त्याएको भन्दै यसलाई रोक्नेको लागी हिमागाउँपालिकाले कार्यबिधि समेत बनाएको छ ।
यसको उन्मुलनको लागि सरकारले अभियान पनि शुरु गर्न भनि सकेकाले यसलाई पुर्णता दिनु स्थानीय सरकारको दायित्व भएको हिमागाउँपालिकाका अध्यक्ष रजबहादुरशाहीले बताए । उनका अनुसार गाउँपालिकाले बावविवाह सम्बन्धी सुचक तयार पारी यस लामो समय देखी बिद्यालय र वडा स्तरमा सचेतनाका कार्यक्रम गर्दै आएको छ ।
गाउपालिका भरीका बिद्यालयमा रहेका दिन १५ मिनेट बालविवाह सम्बन्धीको कक्षा प्रत्येक बिषयगत शिक्षकलाई दिन लागाइएको थियो ।
अध्यक्ष रजबहादुर शाहीले भने,कक्षा ८ देखी १० सम्म अध्यायनरत बालवालिकाले बालविवाह गरेको पाइएकाले यसलाई न्युनिकरण गर्नका लागी बिद्यालयस्तरमा यस्तो कक्षा दिन लगाइएको हो । उनले भने बिभिन्न सचेतना कार्यक्रमका कारण धेरै बालविवाह रोकिएका छन । अब यो पालिका बालविवाह मुक्त घाषणाको तयारीमा लागेको छ ।
त्यस्तै हिमागाउपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बालबिवाह अबको केही दिन भित्र बालबिवाह मुक्त घोषणा गर्ने तयारी भई रहेको छ । गाउँपालिकालाई पूर्णरुपमा बालबिवाह मुक्त गरिसक्ने प्रतिबद्धता गरिन् ।उनले हिमागाउँ पालिकाले उपाध्यक्ष संग बालवालिका भन्ने कार्यक्रम अन्तरगत्त वालविवाह मुक्त गाउँपालिका बनाउनका लागि सबै बस्ती स्तरमा यसअघि देखिनै बिभिन्न संस्था र हिमागाउँपालिकाको तर्फबाट कार्यक्रम गर्दै आएको बताइन ।
उनले भनिन, यसपालिकाले सामाजिक क्षेत्र विकासलाई पनि प्रमुख प्राथमिकतामा राखेर योजना बनाइएको र गाउँपालिकाको न्यायिक समितिको तर्फबाट यस्तो कार्यक्रम गरिएको हो । उनले भनिन् हामीले बिगतका वर्ष देखि संस्था संग सहकार्य गर्दै बालबिवाह मुक्त क्षेत्र घोषणा गर्न बिद्यालय र समुदायमा बिभिन्न कार्यक्रम गरेका छौ ।
पालिकाले समन्वय र सहकार्यमा योजना बनाएर काम गरिरहेको र अवको केही दिनमा हिमागाउँपालिका पुर्ण रुपमा बालविवाह मुक्त हुने विश्वास पनि ब्यक्त गरिन । उपाधयक्ष रोकायाले हिमाका ७ वटै वडाको रिपोड हेर्दा ८२ दशमलव २ प्रतिशत बालविवाह रोकिएकाले योपालिका घोषणाको लागी तयार भएको हो । रोकायाले समाजिक कुरीती रोक्नकालागी र महिलाको स्वास्थ्यमा सुधार ल्याउनका लागी बालविवाह रोक्न जरुरी छ । यसका सबैको सहकार्य आबश्यक रहेको छ ।
त्यस्तै हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाले बालविवाहको क्षेत्रमा सुचक बनाएयर काम गर्ने यो पालिका जिल्लाभरकै पहिलो भएको बताए । उनले भने, पहिलो बालविवाह मुक्त गाउँ (टोल) हुदै वडा घोषणा गरिने छ ।
सबै भन्दा बढी बालविवाह गरिने जिल्लाका रुपमा जुम्ला आएको पाइन्छ । अबका केही दिनमा बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने उदेश्यअनुरूप अहिले प्रत्येक गाउँ टोलहरूबाट नै बालविवाह मुक्त घोषणाको सुरुआत गरिएको हो हिमागाउँपालिका जिल्लाकै पहिलो बालविवाह मुक्त घोषणा गरिने भएपछि त्यहाँका नागरिकहरू निकै खुशी भएका छ ।
बालविवाह गर्ने गराउनेलाई तीन वर्ष कैद सरकारी वकिल राई
जुम्ला जिल्लाका सरकारी वकिल रेनुका राईले २० वर्ष भन्दा मुनी वालविवाह गर्ने गराउने लाई तिन वर्ष कैद र जरिवाना दुबै हुने कानुनी ब्यवस्था रहेको बताइन । उनले बालविवाहका कारण भोग्नुपरेको पीडा उनीहरुको स्वास्थ्यमा परेको असर प्रशिक्षण दिर्दै यस्तो बताएकी हुन । सरकारी वकिल राइका अनुसार २० वर्ष नपुगी गरिएका विवाह स्वतः रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै हुन सक्ने व्यवस्था गरिएको छ ।
नेपाल सरकारले बालवालिकाको बिवाह गर्ने उमेर २० वर्ष तोकिसकेको छ । बालविवाह फौजदारी मुदा हो । राज्यले गरेको कानुनको बारेमा सबै नागरिकले जानकारी लिन जरुरी छ । कानुन जानेको छैन भनेर छुटे हुनेवाला छैन । जनचेतना फैलाएर बालविवाह न्यूनीकरण गर्न जुम्लामा एक जुट हुन जरुरी छ ।
सरकारी वकिल राइले हिमागाउपालिकाको न्यायिक समितिले आयोजना गरेको बालविवाह न्युनिकरणका लागी सरोकारवाला संगको अन्तरक्रिया कार्याक्रममा बोल्दै बालविवाहलगायत कुरीति अन्त्य गर्ने दायित्व राज्यको भए पनि यस्ता अभियानले बालविवाह रोक्न उल्लेख्य योगदान पु¥याउने बताइन । उनले बालविवाहले बालबालिकाको मानवअधिकार हनन् मात्रै नभई देशको समग्र आर्थिक अवस्थामा नै नकारात्मक प्रभाव पार्ने बताइन् ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले यो कार्यक्रम हिमाले अरु गाउपालिकालाई सन्देश दिने बताए । उनले बालविवाह कसुर हो कुरीती हो भनेर फौजदारी संहिता पारित भइसकेकाले बालविवाह अन्त्यका लागि सबैको हालेमालो आबश्यक रहेको बताए । त्यस्तै महिला अधिकारी कर्मी लक्ष्मी कन्या बुढाले समाजमा हुने बालविवाह, बोक्सी प्रथा, छाउपडीलगायत कुरीति अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्नु पर्ने बताइन । उनले बालबालिकाको परिभाषामा एकरूपता हुनुपर्नेमा जोड दिँदै कानुन निर्माणमा विभिन्न निकायबीच समन्वय हुनुपर्नेमा जोड दिइन । उनले भनिन् विश्वमा नेपाल बालविवाहदर उच्च हुने देशमा पर्दछ ।
यसलाई रोक्नका लागी स्थानीय सरकारमात्रै नभइ सबै क्षेत्र लाग्नु पर्छ । बालविवाहका कारण जुम्लाका धेरै किशोरीले आत्मा हत्या गर्न बाध्य भएका छन । शिक्षा , स्वाथ्य रोजगार जस्ता आधारभुत कुराबाट बञ्चित भएका छन । बुढाले बालविवाहका कारण बहुविवाह, करणीका घटना पनी बढेको छ ।हिमागाउपालिकाका ७ वटा वडाका अध्यक्ष,महिला स्वाथ्य स्वमसेविका,धामी पण्डित ,लगायतले बालविवाह मुक्त गाउपालिका घोषणा गर्नका लागी ऐक्यबद्धता जनाएका छन ।










