अर्गानिक उत्पादन बढाउन लागौँ ःसार्क राष्टका उपाध्यक्ष ढकाल
जुम्ला ःउद्योग बाणिज्य महासंघ नेपालका पूर्व अध्यक्ष तथा सार्कका उपाध्यक्ष चण्डिराज ढकालले जुम्लाले अर्गानिक उत्पादन बढायर बिश्व बजार सम्मा पुर्याउनु पर्ने बताए । उनले उद्योग क्षेत्रमा परिवर्तन ल्याउनका जुम्लाको स्थानीय उत्पादन बढाउनु पर्ने बताएका हुन ।
उद्योग बाणिज्य संघ जुम्लाको १६ औ साधारणसभाको उद्धघाटन कार्यक्रममा ढकालले जुम्ला र कर्णालीको स्थानीय अर्गानिक उत्पादन बढाउन सकेको खण्डमा आर्थिक समृद्धी हुने बताए । यहाँको अर्गानिक उत्पादन मार्सीधान,स्याउ, सिमी, ओखर, फापर, आलु जस्ता उत्पादनमा बृद्धि गरिएको खण्डमा बजार पाउने कुनै समस्या नरहेको बताए । उनले भने,‘ कर्णाली प्रदेश जडिवुटिको भण्डार भएकाले उद्योग, पर्यटन व्यवसायको भविश्य राम्रो छ । त्यो आधारमा यहाको स्थानीय सरकारको अध्यान जान जरुरी छ ।
यस अघि कोरोनाका कारण व्यवसाय धरापमा परेका कारण व्याज अनुदानमा सहयोग गर्नुपर्नेमा जोड दिए । उनले नयाँ आउने नेतृत्व शशक्त आउनुपर्नेमा जोड दिए
त्यस्तै जिल्ला समन्वय समिति जुम्लाको उपप्रमुख कार्मा बुढाले उद्योग बाणिज्य संघ जुम्लाले पछिल्लो समय सामाजिक क्षेत्रमा समेत काम गरेको बताए । उनले आगामी दिनमा यस्ता काम बढाउनुपर्नेमा जोड दिए । उनले उद्योग बाणिज्य संघमा सवैको सहभागिता बढाउन अनुरोध गरे ।
त्यस्तै उद्योग बाणिज्य महासंघ नेपालका नगर गाउँपालिका उपाध्यक्ष तथा व्यवसायी दिनेश श्रेष्ठले हरेक व्यवसायीले एक हजारमा १० रुपैया कर तिर्नेगरी व्यवसाय गर्न आवश्यक रहेकोमा जोड दिए ।
त्यस्तै उद्योग बाणिज्य संघ कर्णालीका अध्यक्ष पदम बहादुर शाहीले उद्योग बाणिज्य क्षेत्रमा सरकारले कर्णालीलाई प्रथामिकता दिएको बताए । .उनले कर्णालीको उत्पादन, प्रवर्धनमा उद्योग बाणिज्य महासंघले लगानी गर्न अनुरोध गरे ।
त्यस्तै उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रजवअली मनियारले आफ्नो कार्यकालमा योजना बनाएर प्रभावकारी काम गर्ने भएतापनि कोरोनाले प्रभाव पारेको बताए । उनले पनि कोभिडमा राहात वितरण, खाद्यन्न आपुर्ति, विरामीलाई एम्वुलेन्स सेवा देखी विभिन्न काम भएको बताए ।
उद्योग बाणिज्य सघ जुम्लाको १६ औ चुनावी साधारणसभाले नयाँ नेतृत्व चयन हुने छ । उद्धाटन सत्रमा जिल्ला स्थित राजनैतिकदलका प्रतिनिधिहरुले शुभकामना समेत दिएका छन् ।
करबढि तिर्ने व्यापारी सम्मानित :
यसैगरी ठूलो व्यवसाय गरेर राज्यलाई करबढि तिर्ने व्यापारीलाई साधारणसभामा सम्मान गरिएको छ । सम्मानित हुनेमा रविजनरल स्टोर, सुरज ट्रेडर्स, शिवालय ट्रेडर्स, लुम्विनि ट्रेडर्स,सागर हार्डवयर, बिपिन ट्रेडर्स र कैलास जनरल स्टोर रहेको छ ।









