जुम्लामा माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम सुरु

जुम्ला ः नेकपा माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम सूरु भएको छ । जुम्लाका ८ वटा गाउपालिका लक्षित गरी जुम्ला ८ वटा गाउपालिकाका लक्षित गरी प्रशिक्षण कार्यक्रम राखेको हो । यतिवेला नेकपा माओबादी केन्द्रका पालिका अध्यक्षबाट प्रतिवेदन पेस गर्ने कार्यक्र भइरहेको छ ।
काठमाण्डौमा रहेको माओबादी केन्द्रको स्थायी समिति बैठकमा पाटी भित्रि प्रशिक्षण दिने भने उक्त कार्यविधि स्थायी समितिले पारित गरेको थियो । माओवादी केन्द्रले पार्टीलाई सुदृढ गर्नका लागि सबै क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने भएको छ ।
उक्त कार्यक्रमा माओवादीले अनुसन्धानलाई सबै तहका कक्षासँग अन्तर्सम्बन्धित गरेर लैजाने बताएको छ।
जुम्लाको कपडहलमा सुरु भएको कार्यक्रमा नेकपा माओबादी केन्द्रका कर्णाली प्रदेशका इन्र्चाज काली बहादुर मल्ल पुर्व मुख्य मन्त्री महेन्द्र बहादुर शाही जुम्लामा माओबादी केन्द्र पाटीबाट निर्वाचित जनप्रतिनिधि लगायतका नेता तथा कार्यक्रमको उपस्थिती रहेको छ ।











