कोरोनाको तेस्रो लहर संग लड्न जुम्ला प्रशासनको निर्देशन
जुम्ला ः कोरोनाभाइरसको तेस्रो लहर सैड लड्न तयारी हुन कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानलाइ जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ । कोरोनाभाइरसको तेस्रो लहर तिव्र गतिमा फैनि थालेको भन्दै जिल्ला प्रशासन, जिल्ला समन्वय समितिको टोलिले निर्देशन दिइएको हो जुम्लाका प्रमुख जिल्ल अधिकारी बिजया कुमारी प्रसाइले कोरोनाभाइरसको तेस्रो लहर तिव्र गतिमा फैनि थालेको खण्डमा सबै भन्दा बढी जिम्मेवारी अस्पताल र डाक्टरको हुने भएकाले कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानको थालेको तयारीको बारेमा बुझन छलफल गरेको बताइन ।
उनले भनिन , कोरोनाको तेस्रो लहर भारत लगायता नेपालमा पनि तिव्रगतिमा फैलिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताइन । उनले थपिन ,स्वास्थ्य मन्त्रालयले केही दिनयता संक्रमण बढ्न थालेको देखिएको जनाउँदै स्वास्थ्य संस्थालाई तयारी गर्न निर्देशन दिएको छ । ,स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी अक्सिजन र शय्याको व्यवस्था गर्न पनि अनुरोध गरेको छ ।
त्यस्तै जिल्ला समन्वय समितिका काबा प्रमुख कार्मा बढाले तेस्रो लहरकोरोना संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण रहेकाले यसलाई मध्यनजर गर्दै प्रतिष्ठान तयारी अबस्थामा रहन अनुरोध गरे । उनले भने प्रतिष्ठानमा रहेको अक्सिजन, आइसोलेसनको अबस्थाको बारेमा जानकारी दिन भनेका छन । उनले थपे यस अघि कोरोनाका दुइवटा लडाइ लडिसकेको अबस्थामा तेस्रो लहरको लागी प्रतिष्ठानले गरेको तयारी र पूर्वाधारहरू तथा सेवाहरू चुस्तदुरुस्तका बारेमा सचेत हुन आबश्यक रहेको बताए ।
त्यस्तै नन्दाबक्स गण जुम्लाका गणपती रबिन थापाले केही जिल्लामा सक्रिय संक्रमितको संख्या पनि बढेको बताउदै जुम्ला जिल्लाको कोरोनाको अबस्था केछ भनेर थाहा पाउन जाँच गर्न आबश्यक रहेको बताए ।
त्यस्तैै प्रहरी राष्ट्रिय अनुसन्धान कार्यालय जुम्लाका डिएसपी राजकुमार न्यौपानेले तेस्रो लहरले निम्त्याउन सक्ने
जोखिमलाई मध्यनजर गर्दै प्रतिष्ठान लागायत जिल्लाका सरोकारवालाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ। उनले भने,“संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै निकाय संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन अबश्यक छ ।
तयारी अबस्थामा छ प्रतिष्ठान
त्यस्तै कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक राजिब शाहले कोरोनाको तेस्रो लहर संग जुध्नको लागी प्रतिष्ठान तयारी अबस्थामा रेहेको बताए । उनले भने प्रतिष्ठानमा १ सय २० वटा आइशोलेसन बेर्ड तयारी छ । त्यस्तै आइस्यु बेड पनी तयारी अबस्थामा रहेको बताए । उनले थपे प्रतिष्ठानमा पिसिआर किटको अभाव छ । त्यसको लागी हामीले सम्बन्धीत ठाउमा माग गरेका छौ । उनले भने अहिले जुम्लामा ८ जना कोरोना संक्रमित छन । एक ३ वर्षको बच्चा प्रतिष्ठानमा उपचारत्त छ ।५ जना प्रतिष्ठानका कर्मचारी हुन । एक जना होम आईसोलेनमा छन ।
त्यस्तै जिल्ला प्रशासन र जिल्ला समन्वय समितिले कोरोनाको तेस्रो लहर संक्रमाण कम गर्नका लागी जुम्लाको ऐपोर्टमा हेल्थ डेक्स राख्ने निर्णय गरिएको छ ।उक्त हेल्थ डेक्स सञ्चालनका लागी ,ऐर्पोड ,चन्दननाथ नगरपालिका जनस्वाथ्य सेवा ,र कर्णालीप्रतिष्ठान संगको सहयोगमा राखिने छ । त्यस्तै जुम्ला स्थित सरकारी तथा गैरसरकारी संस्थालाई कोभिड संग सम्बन्धीत स्वाथ्य सुरक्षाका सामाग्रहिरु सहयोग गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । त्यस्तै संस्थालाई अक्सिजनप्लान , एन नाइन्टी फाइब , माक्स , फुल पिपिसेट लागयतको आबश्यक सामाग्रीहरु सहयोग गर्न प्रतिष्ठानले आग्रह गरेको छ ।









