सडक अतिक्रमण हटाउने अभियानमा जुम्लाका सरोकारवाला
जुम्ला ः जुम्ला सडक अतिक्रमण हटाउने अभियान शुरु गरिएको छ । जुम्ला बाजारमा मनपरी रुपमा सडक अतिक्रमण बढ्न थालेपछि जुम्लाका सरोकारवालाहरुले अभियान थालेका हुन । अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने,निर्माण सामाग्री हटाउन,परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको हो ।
बाक्लो सुरक्षाकर्मी सहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर,टहरा,पर्खाल,होटल लगायतका संरचना भत्काउन थालिएको हो ।
सडक डिभिजन जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तरर्गत जुम्लामा,सडक डिभिजन,प्रहरी प्रशासन,चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका छन् ।जसअन्तरर्गत मंगलबार चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ ।
जुम्लामा यसअघि सडक अतिक्रमण हटाउने बहस शुरु भएको थियो ।
मंगलबार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्रमण हटाउने परिणाममुखी काम शुरु भएको नागरिक अगुवा राज बहादुर महतले बताए । उनले भने,“वर्षौ पहिलेदेखि नागरिक समाजको अगुवाईमा सडक अतिक्रमण हटाउन बहस देखि सडक चक्काजाम गर्यौ तर सफल भएनौ ।अहिले सडक डिभिजनले कडा कदम पनि चाल्यो,प्रहरी प्रशासनले साथ दिएर अतिक्रमण हटाउने अभियान शुरु भएको छ । आम नागरिक खुसी छौ सम्मान रुपले सडक अतिmमण हटाउन सबै जुट्नु पर्छ ।
मंगलबार डोजर प्रयोग गरेर सुरक्षाकर्मीको बाक्लो उपस्थितीमा सडकमा जथाभावी रुपमा राखिएका निर्माण सामाग्री फालिएको छ । भने अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए । उनले भने सडक अतिक्रमण हटाउन हामी जुटीसकेका छौ । पहिलो चरणमा बसर्पाक क्षेत्रको निर्माण सामाग्री हटाएका छौ । नापी गरी सकेपछि मात्रै सडक अतिक्रमण गरी बनाएका संचरना भत्काउने तयारी छ ।”सडक सुरक्षा सबैको दायित्व हो भन्ने कुरा बुझ्दा बुझ्दै पनि नागरिक बाट बुझ पचाएको देखिन्छ । नगरपालिकाको मापदण्ड अनुसार सडक
१५ मिरट चौडा हुनु पर्ने । त्यसमा एक मिटर फुटपाथका लागि छुटाइएको थियो ।
अहिले फुटपाथ समेत अतिक्रमण गरेर घर टहरा,होटल बनेका छन् । त्यसैले सडक क्षेत्र पुरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सूचित गरिने अटेरी गरे एकहप्ता भित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाई छ ।
यसअघि अतिक्रमण हटाउने बहस निर्णय भएपनि कार्यान्वयन नभएपनि अब सडक अतिक्रमण हटाउन आफुले खुट्टा नकमाउने समेत प्रमुख श्रेष्ठको दावी छ ।जुम्ला बजारमात्रै नभइ तातोपानी,लिताकोट,कुडारी,त्रिवेणी,रारालिहिका पनि बढेकोले अतिक्रमण हटाउने अभियान गाउँ सम्म पुराइने सडक डिभिजनले जनाएको छ ।
त्यस्तै प्रमुख जिल्ला विजयाकुमारी प्रसाईले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभइ अतिक्रमण भएको सबै क्षेत्र सहमती वा बल प्रयोग गरेर भएपनि हटाइने बताइन । उनले भनिन् सडक सबै नागरिकको साझा सम्पत्ति भएकोले सडक सुरक्षा सबैको दायित्व हो । अतिक्रमण हटाउन प्रहरी प्रशासन,सडक डिभिजनले मात्र सम्भव नभएकोले आम नागरिकको सहयोग आबश्यक रहेको प्रजिअ प्रसाइको भनाई छ ।
त्यस्तै ,मंगलबार डोजर प्रयोग गरेर भत्काइने घरको आँगन,पर्खाल तथा निर्माण सामाग्री हटाइएको केहि स्थानीयले विरोध समेत गरेका छन् ।
अतिक्रमण भएको जग्गा छोड्न तयार भएको तर नापी नक्सा गरेर मात्रै छोड्ने स्थानीयको माग छ । सडक डिभिजनले अतिक्रमण भएको क्षेत्रमा चिन्ह लगाएको छ । केहि दिनका खाली नगरे सिधै डोजर प्रयोग गरेर भत्काइने समेत चेतावनी दिइएको छ ।
सडक डिभिजन जुम्लाले पटक पटक सार्वजानिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध नगरेपनि सडकमा स्थानीयको मनपरी रोकिएको थिएन् । निर्णय हुने कार्यान्वयन नहुने प्रबृत्तीले बढेको सडक बढेको सडक अतिक्रमण हटाउन सरोकारवाला आक्रमक भएपनि आम सर्वसाधारण खुसी भएका छन् ।
वर्षेनिक सडक डिभिजनले करोडौ खर्चेर निर्माण गरेका सडकको ढल निकासा पनि अतिmत्रणमा परेका छन् । जसले आवत जावतमा समस्या,दुर्घटनाको जोखिम बढेको छ । यो अतिक्रमण अतिक्रमाण हटाउने बजार भन्दा गाउँमा बढी भएकोले अतिक्रमण हटाउने अभियान गाउँकेन्द्रित गर्न आबश्यक रेहको छ ।
निर्माण सामाग्री मात्रै हटाएको र अबको सात दिनभित्र अतिक्रमति सडक खाली नभए कार्यालयले आफ्नै तरिकाले हटाउने र त्यसबाट पर्न जाने क्षती प्रति कार्यालय जवाफदेहि नहुने समेत चेतावनी दिइएको छ । साथै संरचना हटाउँदा लाग्ने खर्च समेत सार्वजानिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धीत व्यक्तिबाटै असुल उपर गरीने छ ।








