वाजुराका मुर्तिकार जैसीलाई जुम्लामा सम्मान


जुम्ला ः बाजुरा जिल्लाको वुढिनन्दा नगरपालिका ६का ४६ वषिर्य मुर्तिकार कर्ण प्रसाद जैसीलाई जुम्ला प्रशासनले सम्मान गरेको छ । जुम्ला जिल्लामा आयर आफ्नो सिपमार्फत योगदान पुर्याइएको भन्दै मुर्तिकार जैसीलाई सोमबार एक कार्यक्रमका बिच सम्मान गरिएको हो । उनलाई प्रशासनको तर्फबाट कदर पत्र र चन्दननाथ भौरबनाथ गुठी ब्यवस्थापनको समितिको तर्फबाट नगत ५ हजार दिइ सम्मान गरिएको छ । जैसीले जुम्लामा आएर बहृमुल्य मुर्ति निमार्ण गरी अमुल्य कार्य गरेको भन्दै उनको योगदानलाई कदर गर्दै सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले बताएको छ
।उनी २०६७ साल देखीनै ढुंगामा कला भर्न सिपालु थिए । उनी अहिले सिमेन्ट मुर्तिकारका रुपमा परिचित छन् । जैसीको बाजुरा जिल्लामा मुर्तिकला केन्द्र उद्योग छ । उनले जुम्लामा आएर आफुले बनाएका भगवतीमाइको दुइवटा मुर्ती उपाहार स्वरुप दिइएका छन । उनले दिएको एक वटा मुर्ति प्रशासन भित्रको दरवारमालिका मन्दिरमा छ, भने अर्को चन्दननाथको मन्दिरमा छ । उनले यि मुर्ति आफ्नो कला पहिचानको लागी निशुल्क दिइएका हुन । मुर्तिकार जैसीले भने, महिले बनाएको एक मुर्ती १०हजार देखी ४०हजार सम्म बेच्ने गरेका छन । मुर्ति बनाउन निकै महेनत गर्नु पर्छ सिमेन्ट शहरीया गिठ्ठी लाग्छ जैसीले भने । तर हाम्रो कला र सिपलाई राज्यले चिनेकै छैनन ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले भनिन,उनको कलालाई राज्यले सम्मान गर्न आबश्यक छ । हामीले हौसला स्वरुप सम्मान गरेका हौँ । प्रजिअ प्रसाइले भनिन् जैसीले आर्थिकका लागी मात्रै नभइ आफुले बनाएको मृर्ति आफ्नो कला पहिँचानको लागी पनी दिने गरेको बताइन । उनले थपिन यस्ता कला गरेका युवालाई व्यवसायिक बनाउन राज्यलेनै अभिप्रेरित गर्नु पर्छ ।

जुम्लामा बाजुराका जैसीको लोभलाग्दो कला देखेर सबै दंग छन ।मृर्तिकार जैसीले भने कलाकारले श्रमको उचित मूल्य पाउन नसकेको प्रति चिन्ता प्रकट गरे । उनले भने रााज्य कलाकारमैत्री हुन आवस्यक छ । उनले जुम्लामा धेरै मृर्ति बनाएको बताए । उनले भने केही ब्यक्तिले मुर्ति लिएर पारिश्रमिक नदिएको गुनासो गरे ।

यता जुम्लाका प्रमुख जिल्ला अधिकारीले प्रसाइले मुर्तिकारले पैसा नपाएको गुनासो गरे पछि सम्बन्धी ब्यक्ति बाट उनको पारिश्रमिक उपलब्ध गराइएको बताईन । जुम्लाको प्रशासन र चन्दननाथ भैरवनाथ गुठी ब्यवस्थापनले गरेको सम्मानले जैसी हर्षित हुदै भने आफुलाई ठुलै गुन लगाएको जस्तो महशुस भयो । जैसी मात्रै होइन्न मुलुकका धेरै स्थानमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका मुर्तिकारलाई संरक्षणको लागी राज्यको ध्यान जान सकेको छैन ।