सक्रिय बन्दै सामाजिक बिकास कार्यालय जुम्ला

जुम्ला ः जुम्लाको सामाजिक बिकास कार्याले महिला, बालबालिका तथा जेष्ठ नागरिको क्षेत्रमा काम गर्न थालेको बताएको छ । संघियता पछि महिला तथा बालबालिका कार्यालय खारेज भएपछि उनीहरु उजेलमा परेको भन्दै कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तरगत्त जुम्लामा समाजिक बिकास कार्यालय स्थापना गरिएको थियो । तर लामो समय भइसक्दा पनि महिला ,बालबालिका ,जेष्ठनागरिक लाभ लिने खालका कार्यक्रम भएका छैनन ।
पछिल्लो समयमा समाजिक बिकास कार्यालय जुम्लाले प्रत्येक स्थानीयतहका महिला शाखा र शिक्षा तथा युवा,खेलकुद शाखाका प्रमुख र सरोकाकारवाला बिच अन्तक्रिया कार्यक्रम गरेको छ ।सामाजिक कार्याल जुम्लामा स्वकृत भईआएका कार्यक्रम र स्थानीयतहले गर्दै आएका कार्यक्रमका बारेमा समन्वय गर्ने उद्देश्यका साथी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
संघियता पछि जुम्लाका ओजेलमा परेका वर्ग महिला तथा बालबालिका र जेष्ठ नागरिक रहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताईन । उनले भनिन , यिगर्वका हक अधिकारका लागी खासै काम भएका देखिदैनन । स्थानीय तहमा महिला तथा बालबालिका शाखा छ। तर यस्ता वर्गका लागी कार्यक्रम भएका छैनन ।
उनले भनिन्,“संघियता पछि बिकास भनेकै पुर्वधार र डोजरने खन्ने मात्रै हो भन्ने बुझाइ बढी छ । उनले थपिन जुम्लामा बालबिवाहको अवस्था भयभहछ ,शिक्षा शाखाले बिद्यालय स्तरमा त्यस सम्बन्धी कुनै चासो दिएको छैन । उनले भनिन , यतिवेला बालबालिकाको लागी मोर्डना खोप चलिरहेको छ । कर्णाली प्रदेशमा त्यो खोपको खपतमा कमी आएको गुनासो सुनिएको छ । शिक्षा शाखाले बालबालिकाले खोप तर्फ अध्यान नगएको बताइन्छ ।
त्यस्तै जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख कार्मा बुढाले भने ,जनप्रतिनिधिले निति निमार्णको लागी काम गर्ने हो । लागु भएका कार्यक्रम कर्मचारीले कार्यान्वय गर्न आबश्यक छ । उनले भने स्थानीय तहमा सबै शाखाछन ,कर्मचारी पनी छन तर महिला र जेष्ठनागरिक जस्ता वर्गा ओपेक्षामा परेका छन । स्थानीयतहको शिक्षा शाखाले बिद्यालय स्तरमा अनुगमन समेत नगरेको बताए । उनी भन्छन कार्यक्रममा लागी कार्यक्रम गरेर केही हुदैनन। नतिजामुखी हुन जरुरीछ ।
त्यस्तै समाजिक बिकास कार्यालय जुम्लाका कार्यालय प्रमुख तथा सामाजिक बिकास अधिकृत तुलाराम चौलागाइले यस कार्यलयमा शैक्षिक ,सामाजिक बिकास , खेलकुद ,रोगजार र युवा बिषेश कार्यक्रम रहेको बताए । उनले भने सामाजिक कार्यालयबाट संञ्चालन हुने कार्यक्रम प्रभाकारी रुपमा कार्यन्वय गर्नका लागी एक दिने अन्तरक्रिया राखिएको छ ।सबै पालिकाबाट आएका सुझव संकलन गरिने छ । उनले सबै संगको समन्वय र सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता गरे । उनले भने बालविवाह सम्बन्धी यस अघि बनेको कार्ययोजना अनुसार कार्यक्रम संञ्चालन गर्ने बताए । स्थानीयतह सबै भन्दा नजिकैको सरकार हो ।त्यहाका महिला शाखा ,र शिक्षाले सुझाव अनुसार यसकार्यलयले कार्यक्रम संञ्चालन गर्ने बताए ।
यस कार्यालयले यस अघि महिलाको क्षामता अभिबृद्धी छाँउपडी प्रथा न्युनिकरण जस्ता कार्यक्रम संञ्चालन गर्दै आएको सवइन्जिनियर प्रेब बहादुर शाहीले बताए । उनले भने जुम्लाका सबै स्थानीयतहले ओजेलमा परेका वर्गका लागी संञ्चालन गर्दै आएका कार्यक्रम एकद्धार प्रर्णाली मार्फत जान जरुरी छ ।








