लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता

जुम्ला ः जिल्ला प्रहरी कर्यालय जुम्लाले लागुऔषध नियन्त्रण गर्नका लागि प्रहरीले सक्रियता बढाएको छ । जुम्ला जिल्लाई जोनका रुपमा लिएर कारोबार गर्दे आएकाहरुलाई नियन्त्रण गर्न थालिएको प्रहरीले बताएको छ । यसका लागि योजनानै बनाएर अगाडी बढेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । पछिल्लो समय दैनिक जसो लागुऔषध कारोबारीहरुलाई पक्राउ गर्न थालिएको छ ।

उनी जुम्ला जिल्लामा आएको ४१ औ दिन भएको छ । उनले भने लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (घ) को ४ मा भएको व्यवस्था वमोजिम दुई किलो ग्राम देखि दश किलो ग्राम सम्मको परिमाण भए एक वर्ष देखि ३ वर्ष सम्म कैद र पाँच हजार रुपैया देखी पच्चिस हजार रुपैया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

यस्तै लागुऔषध ब्राउनसुगरसहित धेरै जना पक्राउ परेका छन् । उनीहरु तरिक बोकिरहेका छन। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी उपरिक्षक चन्दले जुम्लामा लागु औषधको कारोवार रोक्नका लागि सवैको सहयोग आवश्यक परेको बताए । उनले भने पछिल्लो समयमा चोरीका घटना बढेका छन ।

लागु औषध सेवन गर्नेहरुको संख्या अत्यधिक बढेकाले चोरीका घटना बढेका हुन । उनले भने यसलाई रोक्नका लागि सवैको सामुहिक प्रयास आवश्यक रहेको छ । उनले जिल्लामा लागु औषध ओसार पसार रोक्नका लागि जिल्लाका सवै प्रहरी संयन्त्र परिचालन गरिएको बताए । सवैठाउँमा चेकजाँचलाई कडा बनाइएको र सम्भावित स्थानमा खोजतलास गर्ने कामलाई निरन्तरता दिइएको छ ।

सम्बन्धित समाचार