ओडारमै बास बसेका चेते कुलाललाई राहत

जुम्ला ःजुम्लाको तापक्रम माईनस ६ डिग्रीको चिासोमा ओडारमै बसेका चेते कुलाललाई राहत दिइएको छ । १५वर्ष देखी ओडारमौ बास बसेका कुलाललाई न्यानो कपडा ,आश्यक खाद्यन्न दिइएको हो । कुलाललाई वेलुकी रात पर्ने बित्तिकै कसरी न्यानो गर्ने चिन्ता छ भने, विहान उठ्न बितिकै केले भोक मेटाउने भन्ने चिन्ता छ ।यस्ता न्युनआए भएका ब्यक्तिका लागी स्थानीय सरकाले दिगो ब्यवस्थापनको लागी कुनै पहल गरेको पाइर्दैन ।

चन्दनननाथ नगरपालिका वडा नम्बर १ स्थित कुलालवाडाका अन्दाजी ५६ वर्षय चेते कुलालको १५ वर्ष देखी ओडारमै बास छ । चेते कुलाल घरवार बिहिन ब्यक्ति, हुन । उनी संग सम्पतिको नामा फाटो कम्बल थियो । उनी बिहान वेलुकका छाक टार्नका लागी सडकमा भौतरिदै हिड्ने गरेका थिए । .उनी लामोसमय देखी ओडारमै बसेको र स्थानीय सरकाले ब्यवस्थापन नगरेको बिषयमा नजगुनासो आएको थियो ।

तर गाउका स्थानीय सरकार आएको झण्डै ५ वर्ष पुग्न लागी सकेको छ । स्थानीय सबै नजिककै रहेको वडा सरकार पनी उनी वर्षौ देखी गाँसबासको खोजी भौतारीएको देखेको छैनन । यो खबर पत्रकार महासंघले पाएपछि उनको अवस्था बुझ्न बुधवार विहान महासंघको टोली उनको वासस्थल ओडारमा पुगेको थियो ।

राहात नपाएको खबर पाएपछि स्थानीय प्रशासनलाई कोरोना पिडित विपन्नलाई सहयोग गर्ने राहात कार्यक्रम सहयोग गरेको आईएनएफ नेपालले शुक्रवार आश्यक खाद्यन्न र कम्वल सहयोग गरेको हो ।
आईएनएफ नेपालले शुक्रवार ओडारमै पुगेर १० हजार बराबरको राहत दिएको कोभिड राहत बितरण कार्यक्रममा संयोजक फालुरा चौधरीले बताए । उनले भने चामल ,दाल चिनी तेल लागायको राहत दिइएको हो ।

यस्तै जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले चेते कुलालको नागरिकता तत्काल दिइने बताए । उनले स्थानीय वडासरकाले सिपारिसमा उनलाइ नागरिकता दिने बताए ।चेतेलाई तत्कालिन राहात मात्रै आवश्यक छनै, उनलाई दिर्घकालिन आवासको लागि सरोकारवाला गम्भिर भयर लाग्ने बताए ।

त्यहा स्थानीय युवा रबिन कुलालले पाउनै पर्ने ब्यक्तिले राहत नपाएको सरोकारवाला बिभ गुनासो गरे ।उनले भने बिभिन्न चरणमा राहत बितरण हुने गरेका छन । तर न्युन आएभएका नागरिकले राहत पाउदैनन ।
त्यस्तै चन्दननाथ १का अध्यक्ष जयबहादुर रावलले चेते कुलालको दिगोब्यवस्थापनको लागी वडासरकार तयार भएको बताए ।उनले भने चेते कुलालको नागरिकता नभएका कारण ब्यवस्थापनमा समस्या आएको बताए ।