चन्दननाथ नगरपालिकामा फोहोर व्यवस्थापन जुट्यो

जुम्ला ः पछिल्लो समयमा चन्दननाथ नगरपालिकाले फोहोर व्यवस्थापन जुटेको छ । नगरपालिकाले वडा नम्बर २ को दुना दुनैमा फोहोर व्यवस्थापनको अस्थाइ ल्याडफिडको ब्यवस्थापन अगाडी बढाएपछि फोहोर ब्यवस्थापनमा जुटेको हो । दुनादुनैमा अल्पकालिन फोहोर व्यवस्थापन भएको र दिर्घकालिन व्यवस्थापनको तयारीमा लागेको नगरपालिकाले बताएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादर बुढ्थापाले फोहोर व्यवस्थापनमा अवको पहिलो लक्ष्य फोहोर व्यवस्थापन रहेको बताए । उनले नगरको फोहोर ब्यवस्थापनका लागी अभियानको रुपमा नगरपालिका लाग्ने बताए । उनले यसको लागी सबै सरोकारवाला निकाय र नगरवासीलाई अनुरोध गरे । अहिले नगरपालिकाले बजार क्षेत्रमा रहेको फोहोर सरसफाई अभिभयान थालेका छ । उनले भने नगरले फोहोर पनी उठाउछ अव केही फोहोर व्यवस्थापन कर शुरु उठाउने पनी बताए ।
नगरपालिकाको लामो समय देखीको समस्या फोहोर व्यवस्थापन स्थान सुचारु भएको र फोहोर थुप्रिन नदिने उनले प्रतिवद्धता गरे ।यो अभियानमा जनप्रतिनिधिको अगुवाईमा, स्थानीय नागरिक समाज संचार माध्यामको सहयोग आवश्यक भएको छ ।
नगरपालिकाले चाडै आफ्नो भवन बिस्तारको काम सम्पन्न गर्ने भएकाले सवै काम एक घरबाट सेवा दिने लक्ष्य समेत रहेकोछ । उनले प्रदेश सरकारका केही योजना सम्झौता गरेर अगाडि बढेका र अन्य विकास निर्माणका कामहरु तिब्र गतिमा अगाडि बढ्ने र चाडै समिक्षा शुरु गर्ने, सूचना प्रकाशन र प्रशारणलाई बढ्वा दिने बताए । नगरपालिकामा अवको समृद्धिको काममा सहकार्य गर्न सवैलाई अपिल गरे ।

नगरपालिकाका प्रशासन प्रमुख लक्ष्मी न्यौपानेले मिडिया सहकार्य महत्वपूर्ण भएकाले प्रवर्धन गर्न समेत आवश्यक रहेको बताए । उनले नगरपालिकामा सरसफाई बिषयमा भएका कामहरु जानकारी गरे ।पत्रकारहरुसँग भेटघाटमा कार्यक्रममा नगरपालिकाले अव सफाई अभियान र फोहोर व्यवस्थापन अभियान थालेकाले घरयासी कर १सय व्यवसायी कर मासिक ३ सय तोकिएको छ ।

नगरपालिकाको राजश्व प्ररामर्श समितिको निणर्य अनुसमर कर शुल्क निर्धारण गरेको बताएको छ । पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले नगरको समृद्धि र विकासमा जुम्लाको मिडियाको तर्फबाट सहकार्य र समन्वय गर्न तयार रहेको बताए । उनले सकारात्मक काममा सहायोग गर्ने जोड दिए ।सूचना प्रचार प्रसारलाई बास्केट फण्ड गरेर अगाडि बढ्न, पत्रकारहरुको क्षमता अभिबृद्धि तालिममा सहयोग गर्न शाहीको सूझाव छ ।

त्यस्तै पत्रकार धनबहादुर बुढाले सूचना प्रणालीमा एकद्धार प्रणाली गर्नुपर्ने भन्दै जुगाडखोला फोहोर व्यवस्थामा जोड दिए ।चन्दननाथ नगरपालिका र सदरमुकाम हिमाली क्षेत्रकै सवैभन्दा ठूलो र प्रमुख शहर भएको तर फोहोर व्यवस्थापन हुन नसकेका कारण सदरमुकाम दुर्गन्धित हुदै गएको थियो । फोहोरका कारण नगरपालिका माथी जिज्ञासा तेस्रीएका छन् । अव भने नगरपालिकाले फोहोर व्यवस्थापन पहिलो प्रथामिकता राख्ने बताएको छ ।