अपांगता भएका ब्यक्तिको सवाल उठान गर्न अनुरोध गर्दै पत्रकारलाई कलम बितरण
जुम्ला ः अपांगता भएका ब्यक्तिका सवाल उठान गर्न अुनुरोध गर्दै पत्रकारलाई कलम बितरण गरेको छ । राष्ट्रिय अपंङ्ग महासंघ नेपालले डिसेम्वर ३मा परेको ३०औ अन्तराष्ट्रिय अपांगता दिवस अवसरमा पत्रकारहरुलाई कलम बितरण गरिएको हो ।
हाम्रो प्रथामिकताको आधार अपांगता भयका ब्यक्तिको अधिकार भन्ने मुलनाराका साथ यस वर्षको अन्तराष्ट्रिय अपांगता दिवस भब्यताका मनाउदै छ ।अगंता भएका ब्यक्तिलाई कोरोनाले पारेको प्रभावका बिषयमा कलम चलाउनु पर्ने राष्ट्रिय अपंङ्ग महासंघ नेपाल कार्णाली प्रदेश अध्यक्ष बिष्णु प्रसाद शार्माले बताए ।उनले भने अपंगता भएका ब्यक्ति शिक्षा स्वास्थ्य जस्ता अधारभुत्त आबश्यताबाट बञ्चित भएका छन । यसलाई खरोरुपमा पत्रकारले उठान गर्नु पर्ने छ । राज्यनै अपंगता भएका ब्यक्तिले परिचयपत्र पाएका छैनन ।
संघियतापछि अपंगता भएका ब्यक्ति उपेक्षामा गरेको बताए । अध्यक्ष शर्माले भने ,राजनितिक पहुजको अधारमा सपंगता भएका ब्यक्तिले समेत अपंगताको सेवा सुविधा लिने गरेको दुखेसो गरे । उनले कर्णालीका संञ्चारमाध्यमले अपंगता भएका ब्यक्तिको सवाललाई प्रथामिक्ता नदिएको बताए । उनले अपांगता भएका ब्यक्तिले केही गर्न सक्दैनन भन्ने मनसिकता समाजमा रहेकाले उनीहरुको दैनिकी समस्यामा परेको छ । अवसर पाएको खण्डमा अपांगता भएका ब्यक्ति पनी सपांगता भएका ब्यक्तिसराको काम गर्न सक्छन भनि समाजलाई बुझाउन जरुरी छ ।
राष्ट्रिय अपंङ्ग महासंघ नेपालले कर्णालीमा मात्रै कुल जनसंख्याको ४प्रतिशत नागिरक अपांगता भएका छन । गाउमा आएको सिहंदरवारले पनी अपंगता भयका ब्यक्तिका लागी काम गर्न सकेका छैनन । उल्टै राजनिति पहुजको आधारमा सपांगता भयका ब्यक्तिले सेवा सुबिधा लिने गरेका छन । अपंगता भएका ब्यक्तिको परिचयपत्रमा पनी अनियमितता छ ।
राज्यले ब्यवस्था गरेअनुसार अपंगता भयका ब्यक्ति कुनै पनी जनप्रतिनिधि छैनन ।
कर्णाली प्रदेशमा तिनजना अपंगता भएका ब्यक्तिले एसइई पास गरेका छन ।उनीहरुका लागी शिक्षा दिने दशजनशक्ति नभएकाले बञ्चित भएका छन । युएसआइडी र अपंग शसक्तिकरण केन्द्र , शिक्षा परिजनाको आर्थिक सहयोग र राष्ट्रिय अपंङ्ग महासंघ नेपालको आयोजनामा सुर्खेतको होटेल डि नमस्तेमा पत्रकार भेटघाट कार्यक्र गरिएको थियो ।
राष्ट्रिय अपंङ्ग महासंघ नेपालले बिहिवार अपंगता भइएका ब्यक्ति बिच पढाई प्रतियोगिता गरिने भएको बताएको छ । त्यस्तै शुक्रबार अपंगता भइएका ब्यक्तिको हकअधिकारको माग गर्दै ¥याली निकालेर सभा गरिने भएको छ ।










