जुम्लाको शान्ति–सुरक्षा मजबुत बनाउन प्रहरी चौकी निरीक्षण
जुम्ला ः जुम्लाको शान्तिसुरक्षा मजबुज बनजाउन जुम्लाका प्रहरी चौकी निरीक्षण गरिएको छ । जुम्लाका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले जुम्ला जिल्लाको शन्ति सुरक्षा सुदृढ पार्ने, आमनागरिकमा प्रवाह गरिने सेवा निष्पक्ष, पारदर्शी, छिटो छरितो एवं सहज तुल्याउनका लागी प्रहरी चौकी निक्षण गरिएको हो ।
डिएसपी चन्द्रले जुम्लाको प्रहरी नायबउपरिक्षको जिम्मेवारी पाए लगतै झारज्वाला, मणिसाँघु अस्थायी प्रहरी चौकी गुठीचौर र चौत्रामा रहेको प्रहरी चौकीको निरीक्षण गर्नुका साथै आवश्यक निदेर्शन समेत दिएका हुन ।
उनले भने , हरेक प्रहरी कार्यालयमा प्रहरी सेवा प्रवाहमा चुस्तता आएको छ ।
प्रहरीले सामूहिक प्रहरी साझेदारी कार्याक्रम मार्फत यस अघि पनि नागरिकहरु माझ सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।प्रहरी संञ्चालन गरेका यस्ता अभियानले नागरिक र प्रहरी बिचको सम्बन्ध सुमाधुर बनेको छ ।जुम्लाका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले समाजमा गलत काम गर्नेप्रति कठोर नीति लिन आफुमाताहातका प्रहरी चौकीलाई निदेर्शन दिएका छन ।उनले थपे समाजमा हिंसात्मक गतिविधि गलत काम गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्न चेतावनी समेत दिनु भएको छ।










