जुम्लामा मतदाता नामावली संकलन गरिदै

जुम्ला ः जिल्ला निर्वाचन कार्यालयले जुम्लामा फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।आगामी आउने निर्वाचनलाई लक्षित गरेर देशभर निर्वाचन आयोगको निर्देशन अनुसार निर्वाचन कार्यालले यस्तो कार्यकोे थालनी गर्न लागीएको हो। मतदाता नामावलीमा नाम नभएकैले निर्वाचनमा भोट हाल्न नपाएकाले आउने निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन र प्रशासन कार्यालयलाई फोटोसहितको मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले निर्देशन दिइएको छ ।

निर्वाचन कार्यालयले १८ वर्ष पूरा भएका नेपाली नागरिकताको प्रमाण पत्र लिएकालाई मतदाता नामावलीमा नाम लेखाउन पाउने बताएको छ । निर्वाचन कार्यालय जुम्लाले जिल्लामा मतदाता नामावली संकलनका लागी स्थानीयतहका प्रमुख, पत्रकार राजनितिदल लगायतको उपस्थितमा एक दिने अन्तरक्रिया कार्याक्रम गरेको छ ।
यहि मंसिर १७ गते देखी जुम्लाका आठ वटै स्थानीय तहमा मतदातानामावली संकलन र गर्न लागिएको हो । निर्वाचन कार्यालयले मंसर १७ देखी २६ दिन भित्रको अवधिमा मतदाता नामावली संकलनका लागी टोली पठाउदै छ । स्थानीयतहमा खटिएको टोलीले मतदाता नामावली संकलन काम मात्रै गर्ने छ । मतदाता नामावलीमा नाम हटाउन ,सच्याउन नयाँ अद्यावधिक गर्न र मतदानस्थल सार्न भने निर्वाचन कार्यलयमा स्वयम ब्यक्तिले आउनु पर्ने छ ।

जिल्ला निर्वाचनकार्यालय जुम्लाले आयोजना गरेको मतदाता नामावली संकलन बिषयमा सरोकारवालासंग गरिएको अन्तरक्रियामा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले सो मतदाता नामावली संकलनका बारेमा जानकारी गराएका हुन । उनले भने, मतदाता नामावली दर्ता गराउन आउने नागरिकले नेपाली नागरिकता बोकेर स्वयम ब्यक्ति आफै उपस्थित हुनु पर्ने छ । नेपाली नागरिकता सक्ली नल्याएको खण्डमा निर्वाचन कार्यालयले मतदातानामावलीको बिवरण संकलन गर्ने छैन ।
निर्वाचन अधिकारी शर्माले भने सिजागाउपालिकाले नागरिकले इलाका प्रशासन र चन्दननाथ नगरपालिकाका नागरिकले जिल्ला प्रशासन मार्फत मतदातानामावली बिवरण दर्ता गर्न गराउने छन ।गुठीचौर,पातारासी,तातोपानी ,तिला ,हिमा र कनकासुन्दरी गाउपालिकाको केन्द्रमा निर्वाचनकार्यालयको नेतित्वमा नामावली संकलनको टोली जाने भएको छ ।
उक्त टोली एक स्थानीयतहमा १०दिन बस्नेछ । १० दिनभित्र मतदातानामवली दार्ता गर्न छुटेका नागरिकले जिल्ला प्रशासनमा आउनु पर्ने छ । निर्वाचन कर्यालयले आयोगले निर्वाचनको घोषणा गरिसकेपछि भने छुटेका नागरिकको नामावली संकलन पाउने छैन । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासनकार्यालयले यस अघि देखीनै मतदातानामावली आद्यावधिकको काम गर्दै आएको छ ।

कोही बसाइँ सरेको तर उसले मतदाता नामावली नसारेको भए पुरानै स्थानबाट मतदान गर्न पाउने छ । मतदान सार्नका लागी बसाई सराइको सिपारिस चाहिने छ । त्यस्तै बिहे गरेर आएको माइतीको नागरिकता भएको खण्डमा बिवाह दार्ता चाहिने छ । तर, स्वयं व्यक्तिले नामावली सार्न निवेदन दिएमा वा बसाइँ सरेर गएको प्रमाण पुग्नेगरी दाबी–विरोध परेमा नामावलीबाट नाम हटाइने छ ।

बसाइँ सरेर गएको स्थानमा मतदाता नामावली अद्यावधिक नगरे चाहिँ उसले मतदान गर्न नपाउने व्यवस्था रहेको निर्वाचन अधिकारी शर्माले बताए ।शर्माले भने मतदान गर्ने एक ब्यक्तिलाई मात्रै अधिकार छ । त्यसैले मतअधिकार शुनिश्चत गर्न नागरिकको कर्तब्य हो ।कार्यालयले मतदाता नामावली संकलन कर्मचारीलाई तालिम दिइसकेको छ । ्,’उनले भने, ‘स्थानीय राजनीतिक दलहरूलाई समेत मतदाता नामावली अद्यावधिकको सहजताका लागि स्थानीय तहका कर्मचारीसँग समन्वय गर्न आग्रह छ ।’

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले समयमै नामावली अद्यावधिक गर्न आग्रह गरिन उनले भनिन, सबै जिल्लाका सरोकारवाला निकायलाई नेपाली नागरिकता लिएका उमेरको हदपुगेका लाई मतदातानामावली बिवरण दर्ता गराउन समन्वय गरिदिन अनुरोध समेत गरिन । नेपाली नागरिकता १६ वर्षका नागरिकले पाउने भएकाले मतदानको लागी योग्य १८ वर्ष पुरा भएकालाई हुने छ ।

हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा निर्वाचनकार्यालयले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेकाहरुको विवरण संकलन गर्ने गरेको छ । तर मतदाता नामावलीमा नाम भने १८ वर्ष पूरा भएपछि मात्र समावेश हुने छ । निर्वाचन कार्यालयले मंसिर १७ गतेदेखि सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लाका नागरिकको पनि विवरण संकलन गर्ने भएको छ ।
नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश कमिटिका सस्दय तथा सिजागाउपालिकाका इन्चार्ज पुर्ण प्रसाद धितालले मतदातानामावली संकलन कार्या जुम्लाबासीको लागी समय सन्धबिक नभएको बताए ।उनले चिासो समयमा जुम्लाका नागरिक भरतमा जाने भएकाले धेरै मतदाता छुट्ने आशंका गरे ।

त्यस्तै चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले जुम्लाका नागरिकलाई मतदानको बारेमा शिक्षा दिनुपर्ने बताइन । उनले सबै नागरिक यतिबेला जाडो कटाउन तराइतिर जाने समयमा मतदातानामावली संकलनको काम विगतमा जस्तै प्रभावकारी नहुने बताइन ।

जिल्ला निर्वाचन कार्यालयले यस पटक देखी आयोगले बाहिरी जिल्लाबाट पनि नामावली दर्ता गर्ने व्यवस्था मिलाएको बताएकोे जनाएको छ । कार्यालयका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउनका लागी मतदातानामावली संकलन आबश्यक रहेको छ ।“कोही पनि मतदाता नछुटुन, कोही नदोहोरिउन, अधिक मतदाताको सहभागिता होस् भन्नाका लागि मतदाता नामावली दर्ता कार्यक्रमसञ्चालन गरिन लागिएको हो ।

तर जुम्लाका ग्रमिण बस्तीका नागरिकलाई सबै राजनितिकदल र सरोकारवाला निकायले आफूले पनि नाम दर्ता गराउने तथा अरुलाई पनि दर्ता गर्न र गल्ती भए सच्याउन प्रेरित गर्न अभियान नै सञ्चालन गर्न आबश्यक छ ।
यस अघिको जुम्लाको मतदाता संख्या पुरुष ३४ हजार ३सय २९ र महिला ३०हजार ९सय ७९ रहेको छ । यही मंसिर १७ पछि संकलन हुने विवरणपछिमात्र मतदाता जुम्लाको संख्याको अन्तिम टुंगो लाग्ने छ ।


error: Alert: Content is protected !!