१० बजे सुरु हुने भनेको एमालेको बन्दसत्र पाँच घण्टा ढीला सुरू

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द निर्धारित समय भन्दा पाँच घण्टा ढीला सुरु भएको छ । चितवनको होटल सेभेन स्टरमा बन्दसत्र सुरु भएको छ ।
१९ जनाको पदाधिकारीमा आकाक्षि बढेपछि सहमति गर्ने प्रयास भएको थियो । तर हिजो साँझबाट सहमति जुटाउने प्रयास असफल भएको बताइएको छ । त्यहि प्रयासकोा कारण बन्दसत्र ढीला सुरु भएको बताइएको छ ।

केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र ढीला सुरु भएको एमाले नेता बताउछन् । बन्दसत्रलाई विदेशबाट महाधिवेशनमा सहभागी भएका अथितिहरुले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पनि पढेर सुनाइने छन् ।

बन्दसत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।

सम्बन्धित समाचार