काँग्रेस सभापतिमा शाही,अन्य पदम पौडेल पक्ष बिजय

??????????????????????????????????????????????????????????

जुम्ला ः नेपाली कांग्रेस जुम्लाको सभापतिमा संस्थापन पक्षीय सभापतिका उम्मेदवारी कर्णबहादुर शाही विजयी हुनुभएको छ ।सभापति शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी पौडेल पक्षीय दीपबहादुर शाहीलाई ४६९ मत ल्याउनुभएको हो । पाँच मतको अन्तरले संस्थापन पक्षीय शाही विजयी हुनुभएको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिनुभयो ।सभापति शाहीबाहेक अन्य पदाधिकारीमा पौडेल पक्षीय प्यानल नै विजयी भएको छ । जसमा पौडेले पक्षीय उपाध्यक्ष दिपक र कार्मा बुढा बिजयी भएका छन् ।
उपाध्यक्ष शाहीले ५१६ र बुढाले ४८६ मत प्राप्त गरेका छन् ।सचिव अर्जुनसिंह कठायत र लक्ष्मण शाही सचिव पदमा बिजयी हाशिल गरेका छन् । सचिव कठायतले ५१८ र सचिव शाहीले ४५७ मत प्राप्त गरेका छन् । सहसचिवद्वय नन्दप्रसाद चौलागाई ५०० र धनेन्द्र बोहोराले ४४८ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

त्यस्तै, प्रतिस्पर्धी संस्थापन पक्षीय उपाध्यक्ष नन्दराम बुढा (४०५) र मक्करबहादुर हमालले ( ३७८) सचिव दानबहादुर बुढा (३७०) र घनश्याम थापाले (४२९) र सहसचिव नवराज देवकोटा (३८७) र धनबहादुर रावतले (४१८) मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रधानले बताउनुभयो ।उहाँका अनुसार खसेको कुल ९८१ मतमा मत बदर भएको छ ।
महाधिवेशन प्रतिनिधिहरुको मतगणना गर्न बाँकी रहेको जनाईएको छ । रामचन्द्र पौडेल पक्षले कार्यसमितिमा प्राय सवै पद जित्दा सभापतिका उम्मेदवार दिपबहादुर शाही भने पराजित हुनु भएको छ । खसेका ९८१ मत मध्य ५ वटा मत बदर भएका छन्
यस अघि पालिका अधिवेशनमा ८ मध्ये ६ पालिका र प्रदेशका दुई वटै क्षेत्र एकलौटी जितेकाले पौडेल पक्ष निर्वाचन जित्ने अपेक्षामा छ तर देउवा पक्ष पनि निकै खटिएको छ । यो पटकको निर्वाचनमा जसरी भए पनि निर्वाचन आफ्नो पोल्टामा पार्ने दाउमा थियो ।