तिलाको ग्रामिण बस्तीमा सडक पुग्दा स्थानिय उत्साहित

 

जुम्ला ः तिलागाउपालिका नौको मालापानी गाउ भौगोलिक हिसावले ग्रामिण बस्ती हो । त्यो बस्तीमा अहिले सडक पुगेको छ । गाउँमा सडक पुगेपछि मालापनी गाउका मान बहादुर बुढा उत्साहित भएका छन। जुम्लाको तिला गाउपालिका गाउँबस्तीमा सडक सञ्जाल जोडिन थालेको हो । सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य बस्तु ल्याउन र उत्पादित कृषिजन्य बस्तु लैजान सहज हुने स्थानिय बुढाले बताए । उनले भने तिलागाउपालिकाको पहलमा सडक खन्ने काम भएको छ । केही समय पछि यहाँका नागरिकले सडकघण्टौँ सम्म पैदल यात्रा गर्नु पर्ने बाध्यता हट्ने छ।
सडक पुग्यो सवारीसाधन गुडेनन्

 

सडक खनिए पछि यहाँका नागरिक निकै खुसी भएका छन । यहाका नागरिकले गाउमा सडक पुग्न भन्ने कल्पना गरेका थिएनौँ मालापानीकी अर्की थानीय जैसरी बुढाले भनिन् यहाँबाट दिनभरी हिडेर राराको सेरी बजार दैनिक उपभोग्य बस्तु किनबेचका लागी जान्थियौँ । उनले भनिन्,‘गाउँमा सडक पुग्नु मात्र ठुलो कुरो होइन। सडकमा गाडी गुडाउनका लागी पुल बन्न जरुरी छ ।

नागरिकले सहज गरेर यात्रा सहज गर्नु अहिलेको आवश्यकता हो। ’अहिले हाम्रो गाउमा केही कुराको जहज भएको छ । उनले थपिन गाउमा सडक खनिदा जसले यहाँका नागरिक खुुसीत भएका छौ । तर हामीलाइ आवतजावत गर्न निकै कठिन छ । गाउमा सडक पुग्योको छ । सरवारी साधन गुडेका छैनन् । यसले गर्दा बिरामीले सहज उपचार भएका छैनन ।

स्थानिय सरकारले गाउगाउमा बाटो ल्यायो

स्थानीयतह आइसकेपछि गाउँगाउँमा सडक पुग्नु निकै ठुलो उपलब्धि भएको त्यहाका स्थानियको भनाइछ । दुरदराजमा उत्पादित फलफुल अन्नपात सबै बजार सम्म ल्याउज सहज बनेको छ । यो तिलागाउपालिकाको उपलब्धी हो । गाउँमा सडक पुग्यो। केही समय पछि तिला नदिमा पुन बन्ने छ ।

यहाका नागरिकको दैनिकी परिबर्तन हुने छ । यहाँ उत्पादित बस्तु बजारीकरण गर्न समस्या हुने छैन तिलागाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले भनिन् । यही उपलब्धि हो।गाउमा सडक, खानेपानी सिचाइ , स्वास्थ्य , शिक्षा जस्ता अधारभुत आबश्यकता पुरा गरेका छौ । उनले भनिन् यहा प्रदेश सरकार संघियसरकार र स्थानीय सरकार लागेको छ। बुढाले गाउँमा गाडी पुगेपछि यहाँका किसानको जीवनशैली फेरिने दाबी गरिन ।

हामी यहाँका किसान कृषिजन्य बस्तु उत्पादन गरेर आर्थिक समृद्धि हासिल गर्ने तर्फ प्रेरित गर्ने छौ । उपाध्यक्ष बुढाले गाउँगाउँमा सडक पुर्याउन सफल भएको बताइन । उनले भनिन्,‘सडक आर्थिक समृद्धिको पहिलो आधार हो। उनले सडक मात्रै नभइन गाउँमा पक्की संरचना निर्माण हुन थालेको बताइन ।

सम्बन्धित समाचार