तिलाका ३० गाउँका महिलाले जिते छुईविरुद्धको लडाइँ

जुम्ला ः तिलागाउपालिका राँसा ,मालापानी , ढिपु ,खाोप्री , सुडि , जुम्लाकोट ,घोडेसिन , तुइ, पोख्री , पुरु , रारालिही , लिही , दानीबाडा कठायत वाडा , ढिम्कोट चुलाकोट , खोलीगाउ लगायत ३० वटा गाउ छुइगोठ मुक्त भइसकेको छन। बाँकी लम्सेरागाउ र थापागाउ तत्काल घोष्णा हुने तयारी रहेको तिलागाउँ पालिकाले जनाएको छ ।कर्णाली प्रदेशको जुम्लामा कुरीतिका रुपमा जकडिएको छुई प्रथा (छाउपडी) अन्त्य गर्न जुम्लाको तिला गाउँपालिकाले छुई गोठ मुक्त अभियान थालेको छ ।

गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाईसँगै राखेर सचेत गराउँदै महिनावारी भएको वेला महिलालाई गोठ होइन घरमा बस्ने सचेतना जोगाएको हो । जुन अभियान अहिले सार्थक बनिरहेको छ ।
अभियानले महिनावारी हुँदा गोठमा होइन घरको सुरक्षित कोठामा बस्न धेरैलाई सहयोग गरेको छ । अभियानले स्थानीय महिलालाई छुईगोठ छोडेर घरको सुरक्षित कोठामा बस्न राजी बनाएको छ । सबै महिला छुई हुँदा घरको कोठामा बसे पछि तिलागाउपालिका छुइगोठ मुक्त घोष्णा हुने अन्तिम चरणमा पुगेको छ ।

तिलाका नौवटा वडाका दुइ गाउबाहेक सबै गाउ छुइगोठ मुक्त घोष्णा भएका छन। स्थानीय सरकार गठन भएदेखि यहाँका सामाजिक संघसंस्था मिलेर महिला तथा धामीझाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुईगोठमुक्त गर्ने अभियानमा जुटेको तिला गाउँपालिकाका बिष्णु बुढाले बताइन । उनले भनिन, ‘गाउँपालिकाको आयोजना तथा सर्वोदय नेपाल जुम्लाको आर्थिक समन्वयमा महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामूहिक रुपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई छुईगोठमुक्त गाउँ घोषणा गरिएको छ ।’ यो अभियान कुनै धामीझाँक्रीकाविरुद्ध नभई महिलालाई स्वास्थ्य र सुरक्षित बनाउनका लागी गरिएको हो ।

समाजमा विकृतिका रुपमा जरा गाडेर बसेको छाउपडी प्रथा न्युनिकरणका लागि छ्ईगोठ मुक्त अभियान थालिएको हो। छाउपडि प्रथा महिलाको बृद्धि विकासको बाधक हो,‘ उपाअध्यक्ष तथा सामाजिक अभियन्ता बिष्णु बुढा भन्छिन्, ‘महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद न्युनिरकरणका लागि यो अभियान एक नमुना कार्य हो।’उनले भनिन , हालसम्म बस्ती, तिला गाउँपालिकाका दुइ गाउबाहेक सबै बस्ती छुइगोठ मुक्त भइसकेका छन । बाँकी दुइ गाउका तत्काल घोष्णा गर्ने पक्षमा छन ।
सर्बोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्तीहरु छाउगोठ मुक्त भएका हुन । जुम्लाको तिला गाउँपालिकाले २०२१ सम्म पुरै गाउँपालिकालाई छाउगोठ मुक्त बनाइ सक्ने रणनिती तयार पारेअनुासर हाम्रो पनी सहयोग रहेको सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए । उनले भने छाउपडी महिला माथीको हिंसात्मक रुपमा बल्झिएको छ । यो एउटा प्रक्रिया हो ।

त्यसैले सर्बोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले छाउगोठ मुक्त बस्ती घोषणा गर्नको लागि महिनामा दुई पटक गाउँमा छलफल तथा सचेतनाका क्रियाकलाप हुने गरेका थिए । उनले भने ,प्रत्येक ३ महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका कारण महिला दिदिबैनीमा परिवर्तन आएको बताए । यो अभियान सफल पार्नका लागी तिलाका सबै जनप्रतिनिधिहरुको सक्रिय सहभागीता रहेको छ । यो अभियान जुम्लाको तिलागाउपालिकाले मात्रै गरेर हुदैन,सबै स्थानीय तहले गर्न जरुरी छ । स्थानीय तहको महिला शाखाले यो कार्य गर्न जरुरी छ ।