एमालेको महाधिवेशन होइन, ओलीलाई नेता भन्ने हिड्ने अधिवेशन होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको १०औं महाधिवेशन नभएर ओलीलाई नेता भन्ने हिड्ने अधिवेशन भएको बताएका छन् ।
यो महाधिवेशन भनेपनि ओलीलाई नेता भनेर हिड्नलाई हो । यहाँ केहि बहस छलफल नहुने प्रचण्डले बताए । उनले भने ‘त्यहाँ के को छलफल हुनु। छलफल हुने पनि होइन, केही पनि होइन, केपी ओलीलाई नेता भन्ने हिँड्ने अधिवेशन हो । त्यस्तो नि अधिवेशन हुन्छ त ?’

एमालेले आफूलाई सिद्याउने रणनीतिसहित चितवनमा महाधिवेशन गर्न लागेको आरोप लगाए ।

सोमबार चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन ।

उनले अगाडि भने ‘प्रचण्डलाई सिध्याउने अधिवेशन हो त्यो। चितवनमा महाधिवेशन गरेर माओवादी सिध्याउने योजना हो । तर, मैले केपीजीलाई धन्यवाद भनेको छु। चितवनमा ल्याइदिनुभयो, यहाँका जनतालाई फाइदा हुने भयो। यहाँका व्यवसायीले अलिकति भए पनि नाफा लिने भए।’

एमालेको महाधिवेशनमा आफूलाई वक्ताका रुपमा निम्तो आएको तर जाने नजाने बारे कुनै जवाफ नदिएको प्रचण्डले बताए ।

उनले भने ‘मलाई अस्ति निम्ता गर्नुभयो। वक्ताका रुपमा बोलाउनु भएको छ । वक्ताका रुपमा आउन भन्दै चिठी लिएर आउनुभएको थियो एकजना एमाले नेता।’

सम्बन्धित समाचार