पत्रकार नानीराम नेपालको हृदयघातबाट निधन

 

सिन्धुपाल्चोक : पत्रकार महासंघ सिन्धुपाल्चोकको सहसचिव नानीराम नेपालको हृदयघातका कारण निधन भएको छ।

न्युजअरनिको अनलाइनका सम्पादक समेत रहेका उनको बिहीबार अपराह्न साढे ५ बजे काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा निधन भएको परिवारिक स्रोतले जनाएको छ। उनलाई दिउँसो ४ बजे अस्पताल पुर्‍याइएको थियो।

बलेफी  गाउँपालिका-४ का ३१ वर्षीय नेपाललाई बिहीबार दिउँसो करिब २ बजे खाडीचौरमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि खाडीचौरमा रहेको न्यु सदाबहार हस्पिटलमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई धुलिखेल अस्पताल रिफर गरिएको थियो।

नेपालले लामो समयदेखि पत्रकारिता पेशामा थिए। उनका परिवारमा आमा–बुबा, श्रीमती‚ ६ वर्षीया छोरी र डेढ वर्षीय छोरा छन्।

सम्बन्धित समाचार