सिञ्जा सभ्यता संरक्षण तथा बिकास विधेक प्रदेश सभामा पारित हुन्छ ः सांसद भण्डारी

जुम्ला ः सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेक २०७८ प्रदेश सभामा पारित हुने पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए । उनले २० ६८मा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान बिधेक दर्ता गराएको स्मरण गराउदै १० वर्षको अन्तराल पछि सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेक २०७८ कर्णाली प्रदेशसभामा दर्ता भएको बताए । उनले तत्कालिन खस राज्यको राजधानी जुम्लाको सिञ्जाबाट सिञ्जा सभ्यता विधेयकको बिषयमा सूझाव संकलन गरिएको बताए ।कर्णाली प्रदेशसभा सचिवालयको आयोजनामा “सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेक २०७८ को स्थानीय स्तरमा सूझाव संकलन गरिएको हो ।
सूझाव संकलन गर्न जुम्ला प्रदेशसभा (क) का सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, कर्णाली प्रदेशसभा सचिव जिवराज बुढाथाकी सहित जुम्ला स्थित स्थानीय बुद्धिजिवी र जनप्रतिनिधि र सरोकारवाला निकायहरु मार्फत सूझाव संकलन गरेको छ ।

कर्णाली प्रदेशसभामा २०७८ साल असोज १० गते सांसद नरेश भण्डारीले सांसद पदम रोकाया र दिनवन्धु श्रेष्ठको समन्वयमा सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक दर्ता भएको थियो । यसमा थप समेटिनु बिषयमा सूझाव दिईएको छ ।

सिञ्जा सभ्यता संरक्षण गर्ने ऐतिहासिक कानूनी स्तावेज हुने भएकाले दर्ता गर्ने सांसद र प्रदेश सचिवालयलाइको टोली कनकासुन्दरी गाउपालिका ४मा रहेको लामाथाडा पुगेका हुन ।सिजा बासीले सभ्यता विउझाउने विधेयक चाडै प्रदेश सभा संसदमा पारित समेत आग्रह गरेका हुन ।

स्थानीय खसभाषाका जानकार तथा जुम्ली शब्दकोष खसिया आखारका प्रधान सम्पादक रमानन्द आचार्यले भाषा जन्माएको, संस्कृति जन्माउने सिञ्जामा सभ्यताको छलफल र सुझाव दिन पाउदा खुशी भएको बताए । उनले विधेयक चाडै पास गर्न कर्णाली प्रदेशसभाको टोलीलाई अनुरोध गरे । कर्णालीको मुहार फेर्ने स्वास्थ्य क्षेत्रको धरोहर स्वास्थ्य विज्ञान प्रतिष्ठान पछि सिञ्जा संरक्षण विकासको कल्पना गरेको भन्दै विशेष आभार ब्यक्त गरिएको छ । भाषा र संरक्षण गर्ने कामको बल्ल थालनी हुदैछ।

स्थानीय खसभाषा र सस्कृतिका जानकार तंगनाथ उपाध्यायले सिञ्जा विधेयक परित भएको खण्डमा जुम्लो ठूलो गौरव हुने बताए । उनले सताब्दी पुरुष सत्यमोहन जोशी सहितका लेखकले चिनाई दिएको सिञ्जाको ईतिहास कान्ुन निर्माण भयो भने पुरा हुने अपेक्षा गरे ।
त्यस्तै जुम्ला बहुमुखी क्याम्पसका सहायक प्रमुख प्रकाश चन्द्रखत्रीले खसभाषालाई जगेर्ना गर्ने, सस्कृति जोगाउने तरिकाले विधेयक पारित गर्न सुझाव दिए । उनले हिजो काठमाण्डौका केही लेखकले लेखेका केही ईतिहास वाहेक केही नभएको भन्दै ऐतिहास जिउदो गर्नका लागी यो विधेयक कोसे ढुंगा हुनेमा जोड दिए ।


त्यस्तै खसभाषा र कर्णाली क्षेत्रमा कलम चलाउने लेखक माधव प्रसाद चौलागाईले कर्णाली क्षेत्रको ईतिहास लेखकहरुले लेखेकोमा केही अपुरा रहेको बताए । उनले भने अब हाम्रो इतिहास हामीले लेख्नु पर्नेमा सुझाव दिए । यो बिधेकले सिञ्जा सम्वन्धित हुने काम ऐतिहासिक हुन्छ ।प्रदेशसभा सांसद तथा पूर्वमन्त्री नरेश भण्डारीले सिञ्जा सभ्यता र विकासमा जोड दिन सिञ्जा संरक्षण विधेयक चाडै पास हुने बताए । उनले यसमा सवैको सहयोग आवश्यक छ ।उनले भने यो बिधेक पारित गर्नका निम्ती जुम्लाका तिनै जना सांसदले एकमत भएको बताए ।

त्यस्तै स्थानीय हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले विधेयकको सभामा सिञ्जा –क) क्षेत्रका सवै गाउँपालिका सिनेट सदस्य हुनुपर्ने सूझाव दिए ।

त्यस्तै कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावतले विधेयक महत्वपूर्ण भएकाले पास गराउन प्रदेशसभा सवै सांसदलाई अनुरोध गरे ।त्यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी, बुद्धिजिवी खडानन्द चौलागाई, गौरीलाल उपाध्याय, बलिराज शाही, डिल्लीप्रसाद तिवारी, प्राध्यापक डाक्टर दिनेश बास्तोला लगायतले महत्वपुण सूझाव दिएका छन्।

सम्बन्धित समाचार