विश्व मधुमेह दिवस ः सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह

जुम्ला ः पछिल्लो समयमा जुम्लामा पनी मधुमेहका बिरामी बढेका छन । सहरीया खानपान भित्रिएसंगै मधुमेह जुम्ला पुगेको हो । जनस्वाथ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सावकोटा भन्छन सहरीया खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएको छ । उनले भने,“मधुमेह अहिले संसारभरि महामारीका रूपमा फैलिइरहेको छ। मधुमेह नियन्त्रणमा नराखेमा यसले दीर्घकालीन रूपमा गम्भीर जटिलता ल्याउन सक्छ। जुम्लामा पनी मधुमेहका रोगी बढ्दो त्रलममा छन । मधुमेहको हेरचाहमा सबैको पँहुज, अहिले नभए कहिले भन्ने मुलनाराका साथ यहि नोभेम्वर १४ (आइतबार) परेको बिश्व मधुमेह दिवसको अबसरमा जनस्वाथ्य सेवा कार्यालय जुम्लाले जुम्ला बजारमा किनबेचको लागी आएका १सय ८८ जनाको मधुमेह परिक्षण गरेको थियो । जनस्वाथ्य सेवा कार्यालयले इगो मिटरबाट परिक्षण गर्दा २६ जनालाइ मधुमेह भेटिएको मा ७ जनाले परिक्षण गरेर औषधी खादै गरेको र १९ जना थाहा नभएको नयाँ भेटिएको हो ।
प्रमुख कृष्ण सावकोटा भन्छन यो एक दिने तथ्याङकले जुम्लामा मधुमेहका रोगी बढ्दो क्रममा छन भन्ने देखाउछ । मधुमेह नियन्त्रण गर्न एकदम जरुरी छ। उनले थपे,“समयमै परीक्षणको दायरामा नआएको खण्डमा यसले जटिल अवस्थामा निम्त्याउन सक्छ । मधुमेह ग्रामीण क्षेत्रमा परिवेश गरि सकेको संकेत हो । ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले रोग देखिन थालेको चिकित्सकहरुको भनाइ छ । दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थजस्ताको जुमफुटको बढी प्रयोग हुने गरेको छ । यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ ।
ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको उनीहरुको दाबी छ । खानपानमा परिवर्तन, माछा, मासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरूमा समस्या देखिएको सावकोटाको भनाइ छ । उनी भन्छन्, “गाउँमा पनि क्रयशक्ति बढ्यो, सहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ ।”ग्रामीण क्षेत्रका बिरामीले मधुमेह परीक्षण गर्र्न जरुरी छ ्। उनी भन्छन्, “जो गाउँमा बस्नुहुन्छ, उनीहरूले पनि खानपानमा ध्यान दिनुप¥यो, नियमित परीक्षण गर्नुप¥यो ।”
मधुमेह परियारको सदस्यमा भएको खण्डमा बालबालिकालाई पनी हुन्छ । तर जुम्लामा ४० वर्ष देखी माथीका उमेर समुहमा बढी देखिएको छ । घरमा कसैलाई मधुमेह भएमा २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनुपर्ने सावकोटाकोे सुझाव छ । मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनु पर्ने उनले बताए । खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलीग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भएमा हामीले मधुमेह (डाइबिटिज) भन्दछौँ ।” मधुमेह भएपछि खानपान, व्यायाम र औषधि यी तीन चिजको सहायताले सुगर (चिनी) लाई निश्चित विन्दुमा नियन्त्रणमा राख्न आवश्यक रहेको उनी औंल्याउँछन् ।

मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने जनाउँदै उनी भन्छन्, “मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । अहिले धेरै मानिस लामो समय कुर्चीमा बसेर काम गर्ने, शारीरिक कसरत नगर्ने गरेको छन् । यसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैनन्, यसले मधुमेह बनाउँछ ।”सामान्यतया हामीले खाने चामल बिहान डेढ मुठी र बेलुका एक मुठी खाँदा पर्याप्त हुने जनाइएको छ । उनले एकैपटक धेरै नखान र पटक–पटक थोरै–थोरै गरेर खान सुझाव दिन्छन् ।

सम्बन्धित समाचार