चन्दननाथ र सिजा गाउपालिका खेलाडी प्रति गैरजिम्मेवार

जुम्ला ः जुम्लाको गुठीचौर गाँउपालिकामा जिल्लास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता विहिबारदेखि शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना र गुठीचौर गाउँपालिकाको सहआयोजनामा महिला पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको हो ।यहाको एकमात्रै चन्दननाथ नगरपालिकाले खेलाडी नै प्रतियोगितामा सहभागी नगराएको जिल्ला खेलकुद बिकास समितीले गुनासो गरेको छ ।
नगरपालिकाको आडैमा जिल्ला खेलकुद विकास समिति छ । जिल्लामा अहिले कर्णाली प्रदेश सरकार अन्तरगतका पदाधिकार छन् । संघीय सरकार अन्र्तगतका प्रशिक्षक पनि छन् तर पनि प्रतियोगितामा चन्दननाथकै खेलाडीले भाग लिन नपाउनु दुखत पक्ष हो । यो सरासर नगरपालिकाको गैरजिम्मेवारको पराकाष्ट पनी हो ।
चन्दननाथ नगरपालिका भलिवल खेलाडी लक्ष्मी रावलले भन्छन नगरपालिका भित्र खेलाडी हुदा हुदै पनि प्रतियोगितामा सहभागी हुन नपाएको मा दुखीत छु ।उनले भने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको गैरजिम्मेवार भएका कारण हाम्रा खेलडीले घरअंगामै भएको प्रतियोगितामा भाग लिन नपाएका हुन ।उनले भने यहाँका जनप्रतिनिधि र कर्मचारीले खेडालीको कुरा सुनेनन् । हामीले चासा राख्दा पनी वेवास्ता गरे ।
चन्दननाथ नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईका अनुसार यो प्रतियोगिताको विषयमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग छलफलको विषय बनाएको हुँ । तर उनीहरुले नै निर्णय नदिएपछि खेलाडी सहभागी गराउन सकिएन । उनले राष्ट्रपती रनिसिलको लागी भनेर एक लाख शिक्षाशाखामा बजेट आएको छ ,त्यो भलिबलमा खर्र्च गर्न पाइदैन । नगरपालिकाले बजेट छैन भने पछि सहभागी गराउन नसकिएको हो।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले खेलाडी प्रतियोगितामा पठाउने नपठाउने जिम्मेवारी शिक्षा तथा खेलकुद शाखाकै हो । उनले भने आप्mनो जिम्मेवारी अनुसार शाखाले काम गर्नु पर्दछ ।खेलकुदबाट खेलाडी सहभागीको लागी बजेट आएकोे थियो ।उनले भने कसरी खर्च ब्यवस्थान र खेडाली छनोटमा समस्या आएको छ । उनले नगरपालिकाका खेलाडी सभागी जिल्ल स्तरीयप्रतियोगितामा सहभागी नहुनुमा नगरपालिका खेलप्रति निस्कृय रहेको स्वकारे ।

यस्तै सिँजा गाउँपालिकाले पनी खेलाडी नै सहभागी गराएन । सिजा गाउँपालिका शिक्षा तथा खेलकुख शाखाका प्रमुख भिमबहादुर बुढाले प्रनियोगिताको विषयमा जानकारी नभएको बताए । जिल्ला भरका स्थानीय तहले जानकारी पाएर खेलाडी सहभागी गराउने तर सिंजा गाउँपालिकाले भने प्रतियोगिताको विषयमा जानकारी नै नभएको प्रमुख बुढाले भने ।जिल्लास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले गरेका थिए । उनले जिल्लास्तरीय भलिबल प्रतियोगिताको सानदार सफलताको शुभकामना ब्यक्त गरे ।

पुर्वमन्त्री भण्डारीले प्रतिभा प्रदर्शन गर्ने खेलाडी र प्रदर्शित प्रतिभा हेर्ने दर्शक सबैले अनुशासित मर्यादित हुनु पर्नेमा जोड दिए । उनले भने,‘जुम्ला आफै खेलकुदको क्षेत्रमा उर्वर छ । अन्तराष्ट्रिय स्तरका खेलाडी जन्माउन सफल भएको छ । मुलुकको शीर उचो राख्न सक्ने खेलाडी जुम्ला संग छ । त्यसैले अब जुम्लालाई हरेक क्षेत्रमा गर्व गर्न लायक भुमि बनाउन जरुरी छ ।

व्यवसायीक खेलाडीका लागि आवशिय व्यवस्था गर्नको लागि प्रदेश सरकारसंग पहल गर्ने उनले बताए । उनले भने, ‘प्रतिभावान खेलाडीका लागि आवास सहितको व्यवस्थापनका गर्न सकेको खण्डमा पाँच बर्षमा मुलुकको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने अवस्था रहन्छ।
उनले खेल पुर्वाधार र खेलाडी प्रोत्साहनका कार्यक्रम ल्याउन स्थानीयतहलाई आग्रह गरे । शारीरिक सुगठन र स्वास्थ्य जीवनका लागि खेलकुद आवश्यक भएकोमा जोड दिए । उनले भने,‘खेलाडी राष्ट्र परिवर्तनका आधार स्तम्भ हुन । खेलाडीले अनुशासित पुर्वक खेल खेल्नुपर्छ । ’
त्यस्तै जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले खेल अवधिभर विना विवाद खेल प्रदर्शन गर्न आग्रह गरिन । उनले समयमै जानकारी गराउँदै खेलाडी सहभागि नगराएको प्रति चन्दननाथ नगरपालिका र सिँजा गाउँपालिका प्रति दुख व्यक्त गरिन । खेल तीन दिन सम्म सञ्चालन हुने छ ।
उद्घाटन कार्यक्रममा खेलाडीले मार्चपास गरेका थिए । जिल्ला स्तरको प्रतियोगिताबाट प्रदेश स्तरको भलिवल प्रतियोगिताका लागि खेलाडी छनोट पनि गरिने आयोजकले जनाएको छ । ’प्रतियोगितामा ६ स्थानीय तहका खेलाडीले भाग लिएका छन् ।पहिलो खेल तातोपानी गाउपालिका र पातारासी गाउपालिका बिच भएको थियो । जसमा पातारासीगाउपालिकाको पुरुष भलिबल टिमले जितेको छ ।