जुम्लामा १ सय ६४ जना गणक खटाइयो
जुम्ला ः जनगणना २०७८ शुरु भएको छ । जनगणना २०७८ कर्णालीमा खसभाषाको जगेर्ना गर्ने तरिकाले उत्तर दिन उत्तरदातालाई विज्ञले सूझाव छ ् । जुम्ला बहुमुखी क्याम्पसका उपप्रमुख प्रकाशचन्द्र खत्रीले यस पटकको जनगणाले मातृभाषा खस राख्न कर्णालीवासी र सम्पूर्ण खसभाषा वोल्ने नागरिकलाई अनुराध गरे । उनले जनगणना २०६८ मा खसभाषा बोल्ने कर्णालीमै ३४ जना भएको तथ्यांक भएकाले यस पटक ध्यान दिनुपर्ने बताए ।
त्यस्तै भाषाका जानकार रमानन्द आचार्यले खस भाषा बचाउन जनगणामै समेट नुपर्ने बताए । त्यसैगरी तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले खसभाषामा जोड दिन उत्तरदातालाई अनुरोध समेत गरे ।पातारासी गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले यो समयमा खसभाषाको जगेर्ना गर्नुपर्ने सूझाव दिए । उनका अनुसार जनगणना २०७८ अनुसार प्रश्न १७ पछि मातृभाषा र दोस्रो भाषा भन्ने छ । त्यहाँ मातृभाषा खस लेख्न सकिन्छ भने दोस्रो भाषा नेपाली लेख्न सकिने जनगणना कार्यालयले जनाएको छ । त्यहाँ पुर्खाको भाषा पनि खस भाषा हुन सक्ने विज्ञहरु बताउछन् ।
बिहिबार बाट जिल्ला जनगणना कार्यालय जुम्लाले समेत गणकहरु घरघर पठाएको कार्यालय प्रमुख शंकरदत्त भट्टले बताए । उनका अनुसार जुम्लामा पहिलो गणना जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईको गरिएको छ । प्रजिअ प्रसाईको गणना गर्ने गणक बिष्णुदेवी भण्डारी सहित जिल्लाभर १ सय ६४ जना गणक खटाईएको छ ,भने ४१ जना सुपरभाईजर खटाईएको छ । जुम्लामा जनगणना २०६८ अनुसार एक लाख आठ हजार जनसंख्या थियो । यस पटक केही बढ्ने देखिन्छ ।उत्तरदाताका लागि जम्मा ३७ प्रश्न र सामुदायिक २१ गरि ५८ वटा प्रश्नावली छन् । ५८ वटा प्रश्नावलीमा २१ वटा वडा कार्यालयमा भरिने छन् ।








