को हुन् पाण्डे जसले जुम्लामा अब्बल सहकारी बनाय

जुम्ला–कार्यकारी ब्यवस्थापक ऋषिराम पाण्डेले रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको छ । उनी कारोबार ९४ करोड ९८ लाख ४७ लाख २१९ रुपियाँ २५ पैसा पुगेको बताउछन । ऋण लगानी, वित्तिय पहुँचमा बृद्धि, ग्रामिण महिलाको क्षामता बृद्धि, सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी लगायतका वित्तिय कारोबारमा सहकारील अब्बल बन्दै गएको हो ।
चन्दननाथ सहकारी स्थापना भएको ९४ करोड ९८ लाख ४७ हजार २ सय रुपैयाँ बराबरको कारोबार गरेको सहकारीका ऋषिराम पाण्डेले बताए । पोण्डले भने, ‘वित्तिय कारोबारका क्षेत्रमा कर्णालीमै हामी अब्बल छौँ । सामाजिक क्षेत्रमा पनि उल्लेखीय लगानी गरेर सबैको मन जितेका छौँ । अझै सहकारीलाई ऐन कानुन अनुसार चुस्तदुरुस्त बनाउने छौँ ।’

गएको आर्थिक वर्ष सम्म चन्दननाथ सहकारीले कुल आम्दानी ७९ लाख ७० हजार ९ सय ९७ रुपैयाँ गरेको छ । कुल खर्च ६ करोड ९४ लाख १८ हजार ७ सय रुपैया भएको थियो । खुद नाफा १ करोड ३० लाख २२ हजार भएको छ । सहकारी संचालनमा हालसम्म २ करोड ८६ लाख ९९ हजार शेयर पुँजी लगानी भएको समेत सदस्य सचिव पाण्डेले दाबी छ । कर्णालीभरी गरेर सहकारीमा हालसम्म १५ हजार ८ सय ४४ जना सदस्य आबद्ध रहेका छन् । ती मध्य ९० प्रतिशत सदस्य महिला छन् । सबै सदस्यहरुबाट गत आर्थिक बर्षमा १५ करोड ७२ लाख ६३ हजार बचत भएको छ । अझै लगानी बाकी ३२ करोड ९५ लाख ३८ हजार ७ सय छ ।

कुल लगानी १३ लाख ३७ हजार भएको छ । त्यस्तै सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी गर्ने पर्ने प्रावधान अनुसार २ वटा अर्गानिक पसल संचालन, ४ वटा सुपथ पसल, २ वटा स्वास्थ केन्द्र, २ वटा बोडिङ स्कुल र २ वटा यातायात संचालन गरिएको छ ।
सहकारीकै लगानीमा जुम्लामा बहुप्राविधिक विद्यालय ल्याउने लक्ष्य छ । सहकारीलाई देशव्यापी रुपमा कार्य क्षेत्र विस्तार गरिने सस्थाको आगामी रणनीति समेत सहकारीले जनाएको छ ।सस्थाका सदस्यलाई उद्यमी बनाउने, महिला शसक्तिकरणका कार्यक्रम चलाउने, समग्र रुपमा स्वास्थ्य, शिक्षा, कृषि रोजगारीका क्षेत्रमा सहकारीले आवश्यक लगानी गर्दै आएको समेत सहकारी पाण्डेको भनाई छ ।

सम्बन्धित समाचार