परीक्षा केन्द्र परिवर्तनको गरेको भन्दै जुम्लामा विरोध

जुम्ला ः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र परीवर्तन गरेको भन्दै जुम्ला बहुमुखि क्याम्पस जुम्लाका परीक्षार्थी असन्तुष्ट जनाएका छन् ।परीक्षा नियन्त्रणले ११ असोज परीक्षा मिति तोकेको थियो । परीक्षा मिति तोकेको ४ दिन अघि मात्रै ६ असोजमा परीक्षा केन्द्र सारिएको सूचना सार्वजनिक गरेपछि जुम्लाका परिक्षाथी असन्तुष्ट भएका हुन् ।जुम्ला बहुमखि क्याम्पसमा स्नातकोत्तर तहको दोस्रो वर्षको बार्षिक परीक्षा दिने १२ जना विद्यार्थी छन् । उनीहरुले जुम्लाको बहुमुखि क्याम्पसमा परिक्षा नभएको खण्डमा बरु परीक्षा नै बहिष्कार गर्ने बताएका छन।

जुम्ला १२ जना परिक्षथीले परीक्षणा नियन्त्रण कार्यालय बल्खुले तोकेको परीक्षा केन्द्र सुर्खेत शिक्षा क्याम्पसमा परीक्षा दिन नजाने बताएका छ ।परीक्षार्थी लक्ष्मी परियारले भनिन् ४ दिन पछि ११ असोज देखि परीक्षा मिति तोकिएको छ । तर ७ असोजमा परीक्षा केन्द्र सारिएको सूचना सार्वजनिक हुन्छ । यसले गर्दा हामी धेरै पीडामा भएका छौ ।

बर्षातको मौसममा सडक पनि राम्रो छैन ।पहिरोले सडक नै अवरुद्ध हुने गरेको अवस्थामा कसरी सुर्खेत गएर परीक्षा दिन सम्भव छ । उनले भनिन् संघीयतापछि पनि दुर्गमका विद्यार्थीलाई अन्याय हुने काम भएको छ । जुम्ला क्याम्पसमै परीक्षा केन्द्र तोकिनु पर्दछ ।
छोटो समयको सूचनाले सवैलाई जानकारी नै पाएको छैनन् ।

यो कामले सिधै परीक्षार्थीलाई धोका दिने काम भएको हो ।जुम्ला केन्द्र भनेर परीक्षा फाराम भर्ने परीक्षा केन्द्र सुर्खेत बनाउने गलत प्रबृत्तिको विकास हुन थालेको बताइन ।जुम्ला बहुमुखि क्याम्पस जुम्लाका प्रध्यापक प्रकाशचन्द्र खत्रीले संघीयता पछि पनि सबै राजधानी केन्द्रीत हुने खालको काम भएको बताए । उनले भने यसले संघीयताको अधिकार उल्लघंन गरेको छ । परीक्षार्थीको सहजताका लागि अध्ययन गरेकै क्याम्पसमा परीक्षा केन्द्र तोकिनु उपयूक्त हुन्छ ।

त्यस्तै जुम्ला बहुमुख क्याम्पस जुम्लाका प्रमुख ओम आचार्यका अनुसार परीक्षा केन्द्र परिवर्तनका विषयमा परीक्षार्थीबाट गुनासो आएपछिपरीक्षा नियन्त्रण कार्यालय बल्खु जानकारी गराएपनि अब जुम्लामै परीक्षा केन्द्र हुने ठोस कुरा आएको छैन ।भौगिलक रुपमा पनि जुम्लाबाट सुर्खेत गरिएर परीक्षा दिन कठिनाई भएको भन्ने केन्द्रमा जानकारी गरिएका छौ । उनले भने थोरै विद्यार्थी भएकाले परीक्षा केन्द्र मर्च गरी जुम्लाको परीक्षा केन्द्र सुर्खेत तोकिएको हो भन्ने जानकारी भएको छ । जुम्लाका परिक्षाथी भन्छन ,प्रथाम वर्षमा पनी थोरै परिक्षा थी थियौ यही परिक्षा भयो । यसपटक कोरोनाको महामारी र छोटो समयको जानकारीले हामीलाई अन्याय भएको छ ।

 

सम्बन्धित समाचार