कुशेबाट एक युवतीको हेलिकोप्टरमार्फत उद्धार

कर्णाली : जाजरकोटको कुशे गाउँपालिकाबाट एक युवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । कुशे गाउँपालिका – २ टालेगाउँकी २१ वर्षीय गोवसरा  शाहीलाई उद्धार गरिएको गाउँपालिकाले जनाएको छ ।

शाहीले विष सेवन गरेर मृत्युसँग लडिरहेको बेलामा तत्कालै गाउँपालिकाको पहलमा उनलाई हेलिकोप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत पठाइएको  गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

‘युवतीले विष कुन कारणले सेवन गरेकी हुन् अनुसन्धान भइरहेको छ । पहिले युवतीको ज्यान बचाउने ठुलो कुरा हो’ अध्यक्ष भने ।  कुशे गाउँपालिकाले जटिल खाले विरामीलाई तत्काल हेलिकोप्टरको पहल गर्दै आइरहेको छ । कुशेमा अकालमै ज्यान गुमाउनु नपरेको स्थानीय बताउँछन्  ।

सम्बन्धित समाचार