सुर्खेतमा बस दुर्घटना हुँदा १२ जना घाइते

वीरेन्द्रनगर :  सुर्खेतको सिम्ता गाउँपालिकामा बस दुर्घटना भएको छ । वडा नम्बर ४ बजेडी चौरमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार देउली बजारबाट जामुने आउँदै गरेको ना ७ ख ६०६३ नम्बरको बस बिहान १० बजे बजेडीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार घाइतेको मेहलकुना अस्पतलामा उपचार भइरहेको छ । बसमा २४ जना यात्रु रहेका थिए । बस सडकबाट करिब १५ मिटर तल पुगेको छ ।

सम्बन्धित समाचार