सार्वजनिक स्थान महिला मैत्री बनाउन अनेम संघ जुम्लाको माग
जुम्ला ः सार्वजनिक स्थान महिला मैत्री बनाउन अनेम संघ जुम्लाले माग गरेको छ । नेकपा माओवादी पार्टी निकट नगरपालिका स्तरीय अखिल नेपाल महिला संघले (क्रान्तिकारी) चन्दननाथ नगरपालिका जुम्ला संग माग गरेको हो ।
अनेम संघका नगर स्तरीय पदाधिकारीले निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापालाई ११ बुदे ज्ञापन पत्र बुझाएर सार्वजनिक स्थान महिलामैत्री बनाउन माग गरेका हुन् ।त्यस्तै स्वास्थ्य संस्था, अस्पताल, शिक्षण संस्था जस्ता सार्वजानिक सेवा प्रदायक निकार्य वरिपरि निश्चित दुरी सम्म धुम्रपान, मद्यपान, जुवातास निषेधित क्षेत्र घोषणा गर्न माग राखेका हुन् ।
उनीहरुले माध्यामिक तहसम्म किशोरीमैत्री वातावरण बनाउन आराम कक्ष, शौचालय व्यवस्थान, स्यानिटरी प्याडको सहज व्यवस्थान गर्न माग समेत गरेका छन। चन्दननाथ नगरपालिका भित्र रहेका माध्यामिक विद्यालयमा एक जना स्टाप नर्सको व्यवस्था, आमाको नाममा नागरिकता वितरण, छोरा सरह छोरीलाई पैत्रिक सम्पत्तिमा समान अधिकार, स्थानीय तहमा सेफ हाउस, गर्भवतीलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था गरिनु पर्ने माग रहेको नगर संयोजक छिरिङ ल्यामु लामाले बताइन ।
उनले भनिन हिंसा पीडित मिहलाहरुको लागि न्यायिक समिति मार्फत तत्काल न्याय दिने व्यवस्था हुने पर्ने, छोरीको लागि जन्मे पछि खाताको व्यवस्था र माध्यामिक शिक्षासम्म निशुल्क शिक्षाको हुनु पर्ने माग गरिएको अनेम संघी नगर अध्यक्ष चन्द्रवति उपाध्यायले बताइन् ।उनले भनिन ,महिला हकहित र अधिकारको निम्ति संघर्ष गर्दै आएका छौँ । यिनै विषय बस्तुलाई लिएर गाउँ टोलमा अभियान सञ्चालन गरिएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जुम्लाले जनाएको छ । जुम्लामा महिलाले दैनिक जसो भोग्दै आएका हिंसाबाट मुक्ती पाउन सकेको छैनन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जुम्लाले महिला हुने विकृतिलाई राक्ने कार्य गर्न समेत बिभिन्न पालिकाका न्यायिक समिति प्रशासक समक्ष ध्यानकर्षण गराएको हो ।








