‘कर्णालीका सभामुख ओली कम्पनीका सदस्य हुन्’

ओलीको दम्भले एमाले फुट्यो, माधव नेपालको पार्टी खडा भयो !

खलंगा :  नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कर्णाली प्रदेश सरकारका सभामुख ओली कम्पनीको भएको बताएकी छन्  ।  आइतबार जाजरकोटको सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा झाँक्रीले सभामुख राजबहादुर शाहीलाई ओली कम्पनीका सदस्य भएको बताएकी हुन्  ।

May be an image of 14 people, people standing and crowd

‘निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारले लोकतन्त्र र संघीयता धराप परेको मात्रै थिएन, एमाले समेत फुट्यो  । माधव नेपाल नेतृत्वको पार्टी खडा भयो । एमाले भित्र यस्तो अवस्था आउनु ओलीकै कारण  हो । अब हाम्रो समाजवादीतिर यात्रा हुनेछ’ उनले भनिन्, ‘ओलीले एमालेलाई प्राइभेट कम्पनीका रुपमा चलाएका छन्  ।  त्यसैको सदस्य कर्णालीका सभामुख पनि हुन् ।’  झाँक्रीले सबै जिल्लामा नेकपा समाजवादी बलियो भएको समेत बताइन् । जाजरकोटमा गएर पनि झाँक्रीले ओलीकै विरोध गरेकी थिइन् ।

May be an image of 12 people, people sitting, people standing and crowd