कालिकोट सरमुकामको जिरोपोइन्ट सडक अवरुद्ध

कालिकोट : कालिकोटको सदरमुकाम मान्म खाँडाचक्र १ जिरोपोइन्टको हिलाम्मे सडकमा डोजर बोकेको लोडर सडकमै पल्टीएपछि राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार दिउसोबाट अवरुद्ध भएको सडक खुलाउन नेपाल प्रहरी र स्थानीयले सडक छेउबाट सहायक सडक बनाएका थिए ।

सहायक सडकबाट साना गाडीहरु शुक्रबार साझ ओहोर दोहोर भएका छन् । मालबहाक तथा ठुला गाडीहरु सदरकुकाममै जाम लागेर बसेका छन् । हिलाम्मे सडकमा लोडर ढल्कीएपछि सडक अवरुद्ध भएको हो । खाँडाचक्र नगरपालिकाको शेरीघाट देखि खडिखोल्ला सम्म सडक हिलाम्मे छ । प्रत्येक बर्ष अवरुद्ध हुने यो सडक संचालाका लागि स्थानीय तहले कुनै चासो नदेखाएको नागरिकको गुनासो छ ।