प्रेममा परेका किशोरकिशोरीको पनि आत्महत्या

जुम्लामा तीन वर्षमा तीन दर्जनको आत्महत्याले देखायो कर्णालीको विकराल समस्या

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार  तीन वर्षको अवधिमा ३२ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७५/७६ देखि आर्थिक  वर्ष ०७७ /७८को तथ्यांक हेर्दा ३२ जनाले आत्मा हत्या गरेका हुन ।

जस, मध्ये वर्ष ०७७/७८ को तथ्यांक हेर्दा १४ जनाले आत्महत्या गरेका  छन । जसमा ६ जनाले विष सेवन र एक जनाले नदिमा हामफालेर आत्महत्या गरेका हुन्  । भने, बाँकी सबै झुण्डिएर आत्महत्या गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

आत्महत्या गर्नेमा पारिवारिक झगडा, दुरुत्साहन, व्यक्तिगत तनाव, सामाजिक तथा मानसिक अवस्थाले आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।  हिंसाजन्य घटना, लाञ्छाना परेका, एक्लो जीवन बाँचिरहेका व्यक्तिहरूले आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै परामर्श कर्ता नन्दराज आचार्यले भने, ‘आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिसँग कुरा गर्दा उनीहरूले आफ्नो भावना अरूले बुझिदिएको महसुस गर्छन् । जुम्लामा आत्महत्याका घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि मनोचिकित्सक राख्न पहल गर्न आवश्यक छ । पछिल्लो समयमा अस्पतालमा पनि यस्ता समस्या आउने गरेका छन् । तर, यसको बिषयमा गम्भीर रुपमा सोच्न जरुरी छ । ’

सामाजिक परामर्श कर्ता समेत रहेका आचार्याले थपे, ‘जुम्लामा भइरहेको आत्महत्या घटना  रोक्नका लागि प्रत्येक स्थानीय तहमा सामाजिक परामर्श कर्ताको व्यवस्था  गरेर सचेतनाका कार्यक्रम गनुृपर्छ ।

यतिबेलाको महामारीले आफ्नो भविष्य खोज्न तम्सिएकाहरु घरमै खाली बस्नुपर्दा चिन्ता हुनु, शारीरिक छटपटी, हृदयगति बढ्नु, उकुसमुकुस, स्मरणशक्तिमा कमी र पर्याप्त निन्द्रा नलाग्नु जस्ता मानसिक समस्याहरु आउने गरेका छन्  ।  जसका कारण आत्महत्याको बाटो रोजेको देखिन्छ । यस्ता व्यक्तिको गुनासो सुन्ने व्यवस्था हुनुपर्छ’ ।

 आत्महत्या बढ्नुको मुख्य कारण के हुन ? 

जिल्ला प्रहरी  कार्यालय जुम्लाका प्रहरी निरिक्षक युवन चौधरीले भने, ‘आत्महत्या गरेका मध्ये ९० प्रतिशतले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने बालबालिका मध्ये पनि अधिकांशले मानसिक समस्याका कारण आत्महत्याको बाटो रोजेको देखिन्छ ।  जुम्लामा प्रेम सम्बन्धमा परेर बिछोड भएका किशोरकिशोरीले पनि आत्महत्या गर्ने गरेका छन्  ।

त्यस्तै गरिबी बाबुआमाले आधारभुत आवश्यकता पुरा गर्न नसेका कारण पनि आत्महत्या गर्ने गरेका छन् ।  भने, महिलाहरुले घरेलु हिंसाका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन् । बदलिँदो जीवनशैली र तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्याका घटना वृद्धि हुँदै गएको पाइन्छ ।’  बदलिदो जीवनशैली, बढ्दो सहजिकरण र तीव्र इच्छाशक्तिका कारण पनि मानसिक समस्या बढ्दै गएको उनको भनाइ छ ।

आत्महत्या न्यूनीकरणमा के–कस्ता गतिविधि भए ? 

विगतका वर्षमा जुम्लामा प्रहरी साझेदारी कार्यक्रममार्फत आत्महत्या न्यूनीकरणका  केही गतिविभि गरिएको थियो । यस पटक कोरोनाका काराणले  खासै गतिविधि भएका छैनन । यद्यपी महामारी कम भएको खण्डमा  बालविवाह,  अनमेल विवाह, घरेलु हिंसा लगायतका कार्यक्रम प्रहरीले आफ्नो तर्फबाट जोड दिएको छ ।

तीनै तहका सरकारले कानुनी, नीतिगत तथा कार्यक्रम ल्याएर जोखिममा रहेका व्यक्तिहरूको पहिचान तथा मनोसामाजिक परामर्श दक्ष जनशक्ति व्यवस्था गरेर रोक्न सकिन्छ । त्यसको पहल गर्न आवश्यक प्रक्रिया सरकारले ल्याउन जरुरी देखिन्छ ।