जुम्लामा तिन वर्षको अवधिमा ३२ जनाले गरे आत्महत्या

जुम्ला ः जिल्ला प्रहरी कार्यालयजुम्लाको तथ्यांकअनुसार नित वर्षको अवधिमा ३२ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ७५ ।७६ देखी आर्थिक वर्ष ७७ ÷७८को तथ्यांक हेर्दा ३२ जनाले आत्मा हत्या गरेका हुन । जसमध्ये वर्ष ७७ ÷७८को तथ्यांक हेदा १४ जनाले आत्मा हत्या गरेका छन । ७८÷७९ दुइमहिनाको अवधिमा दइ जनाले आत्मा हत्या गरेका छन ।जसमा ६जनाले बिस सेवन र एक जनाको नदिमा हामफलेको आत्मा हत्या गरेका छन । भने बाकी सबै झुडिएका हुन ।अत्मा हत्या गर्नेमा पारिवारिक झै–झगडा, दुरुत्साहन,व्यक्तिगत तनाव, सामाजिक तथा मानसिक अवस्थाले आत्महत्या गर्नेको संख्या बढ्दै गएकाप्रहरीको भनाई छ ।
हिंसा, आघातजन्य घटना, लाञ्छाना परेका,एक्लो जीवन बाँचिरहेका व्यक्तिहरूले आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको भनाइ छ । त्यस्तै मनोसमाजिक परामर्श कर्ता नन्दराज आचार्याका अनुसर आत्महत्या रोकथाम गर्न सकिने समस्या हो,’ उनले भने,‘आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिहरूसँग कुरा गर्दा उनीहरूले आफ्नो भावना अरूले बुझिदिएको महसुस गर्छन् ।’उनले भने जुम्लामा आत्महत्याका घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि मनोचिकित्सक राख्न पहल गर्न आश्यक छ । उनले भने पछिल्लो समयमा हस्पीटलहरुमा पनि यस्ता खालका समस्या आउने गरेका छन ।

तर यसको बिषयमा गम्भिर रुपमा सोच्न जरुरी छ ।समाजिक परामर्श कर्ता आचार्याले भने, जुम्लामा भइरहेको आत्महत्या घटना रोक्नका लागी प्रत्येक स्थानियतहमासमाजिक परामर्श कर्ताको ब्यवस्था गरेर सचनाका कार्याक्र गर्न जरुरी छ । उनले भने यतिबेलाको महामारीले आफ्नो भविष्य खोज्न तम्सिएकाहरु घरमै खाली बस्नुपर्दा चिन्ता हुनु, शारीरिक छटपटी, हृदयगति बढ्नु, उकुसमुकुस, स्मरणशक्तिमा कमी र पर्याप्त निन्द्रा नलाग्नुजस्ता मानसिक समस्याहरु बल्झिए । जसका कारण धेरैले मानसिक समस्याका कारण पनी आत्महत्याको बाटो रोजेको देखिन्छ । यस्ता ब्यक्तिको गुनासो सन्नका लागी हडलाइसेवाको ब्यवस्था हुन जरुरीछ । त्यो हडलाइन सेवाले पनि त्यस्ता ब्यक्तिको कुरा सुनेर उनीहरुलाई आत्मा हत्या गर्न बाट रोक्न सक्छ ।
जुम्लामा आत्महत्या बढ्नुको मुख्य कारण के हुन 
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक युवन चौधरीले भने आत्महत्या गरेका मध्ये ९० प्रतिशतले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेको बताउँछन् । आत्महत्या गर्ने बालबालिकामध्ये पनि अधिकांशले मानसिक समस्याका कारण आत्महत्याको बाटो रोज्ने गरेको देखिएको छ । जुम्लाम प्रेम संम्बन्धमा परेर बिछोड भएका किशोर, किशोरीले पनी आत्मा हत्या गर्ने गरेका छन ।त्यस्तै गरिबी,बाबुआमाले आधारभुत आबश्यकता पुरा गर्न नसेका कारण पनी आत्मा हत्या गरेका छन। यस्तै, महिलाहरुले घरेलु हिंसाका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन् । बदलिँदो जीवनशैली र तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्याका घटना वृद्धि हुँदै गएको पाईन्छ ।बदलिँदो जीवनशैली, बढ्दो सहरीकरण र तीव्र इच्छाशक्तिका कारण पनि मानसिक समस्या बढ्दै गएको उनको भनाइ छ ।
आत्महत्या न्यूनीकरणमा के–कस्ता गतिविधि भए 
विगतका वर्षमा जुम्लामा प्रहरी साझेदारी कार्याक्रम मार्फत आत्महत्या न्यूनीकरणका केही गतिबिधि गरिएको थियो । यस पटक कोरोनाका काराणले खासै गतिविधि भएको पाईएन ।यद्यपि,कोरोनाको महामारी कम भएको खण्डमा बालविवाह, अनमेल बिवाह, घरेलु हिंसा लगायतका कार्याक्रम प्रहरीले आफ्नो तर्फबाट जोड दिएको छ । तीनै तहका सरकारले कानुनी, नीतिगत तथा कार्यक्रम ल्याएर जोखिममा रहेका व्यक्तिहरूको पहिचान तथा मनोसामाजिक परामर्श दक्ष जनशक्ति व्यवस्था गरेर रोक्न सकिन्छ,’उनले भने,‘त्यसको पहल गर्न आवश्यक प्रक्रिया सरकारल्याउनु पर्छ ।