यार्सागुम्बा लुटपाटमा संलग्न ४ जना पक्राउ

जुम्ला ः बुढानिलकण्ठ नगरपालिका(१३ चुनिखेल गाम्चाबाट काठमाडौं महानगरपालिका(३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका(६ घर भएका ४६ वर्षीय हरि रावतको साथबाट अन्दाजी ३ किलोग्राम यार्सागुम्बा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका(३ चौकीटोल बस्ने मकवानपुर सिमपानी नगरपालिका(८ घर भएका ३० वर्षीय नवराज सुनुवार र सोही ठाउँ बस्ने २७ वर्षीय बुद्ध राज सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका(१३ चुनिखेल बस्ने नुवाकोट काउले घर भएका ४६ वर्षीय कृष्णा सुनार र उनकै श्रीमती ४४ वर्षीया पर्वती सुनार रहेका छन् । हरि रावतको साथबाट यार्सागुम्बा लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा लुटपाटमा संलग्नमध्ये नवराज र बुद्धराजको कोठाबाट १ किलोग्राम यार्सागुम्बा फेला पारेको हो । थप अनुसन्धानको क्रममा लुटपाटमा संलग्न कृष्णा र पर्वतीलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।