जनताको समस्या बुझ्न माननिय भण्डारी घरदैलो कार्यक्रममा
जुम्लाः कर्णाली प्रदेश सरकारका निबर्तमान अन्तरिकमामिला तथा कानुन मन्त्री यतिवेला जनताको समस्या तथा चाहनालाई बुझ्न ब्यस्त छन । उनी भन्छन,जन्ताको घरदौलोमा गयर समस्या बुझ्नु आफ्नो जिम्मेवारी हो । माननिय भण्डारीले भने ,समय सापेक्ष र परिस्थिती अनुसार वदलिँदो जनताको चाहना र मागलाई सम्बोधन गर्दै मुलुकको विकास र समृद्धिको यात्रा आफ्नै ठाउँबाट शुरु गर्नुपर्छ भन्ने मान्यताका साथ माओबादी केन्द्र आत्मसात् गर्दै जनताको समस्या बुझ्न घरदैलो कार्यक्रम गरिएको हो । बुधबार सिजा क्षेत्र पुगेका उनले ‘आफ्नो गाउँको विकास आफै गरौं’ भन्ने मान्यताका साथमुलुकलाई समृद्ध बनाउन सवै नेता, कार्यकर्ता, जनता तथा सम्बन्धीत निकाय एक ढिक्का भई लाग्नुपर्नेमा जोड दिए । जनताको समस्या तथा आवश्यकतालाई एक पछि अर्को गर्दै पुरा गर्ने क्रममा रहेको बताए । भण्डारीले आगामी दिनको विकासको यात्रालाई कसरी सुदृढ र प्रभावकारी बनाउन सकिन्छ भनि जनतासँग सहकार्य, सहयोग तथा आवश्यकताको बारेमा छलफल गरेका छन । जुम्ली जन्ताको भराशाका रुपमा चिनिने माननिय भण्डारीको आगामानले जनताको समस्यालाई समाधान हुने कुरामा बिश्वस्त रहेको सिजाका स्थानिय ललित रोकायाले बताए ।
भण्डारीलेको अगुवाइमा भएको सिजागाउपालिकाका अगुवा कार्यकता भोलामा शिक्षा , स्वास्थ्य बत्ती खानेपानी , सिचाई , लगायत जन्ताको आधारभुक्त आश्यकताको बिषयमा छलफल भएको छ । निबर्तमान कानुन मन्त्री भण्डारीले सिंजा इतिहासदेखि वर्तमानसम्म नेपाली भाषा, सभ्यता र संस्कृतिको जननी थलोका बारेमा पनी बहस गरेका थियो । माननिय भण्डारीले खस संग्रालयको स्थापना गरिने बताए । उनले भने यो संग्रलय पुर्ण गर्नको लागी एक पटक सरकारसंग कुरा राखीने छ । सुनुवाइ नभएको खण्डमा सिजा खस संग्रालयको ऐन नै निमार्ण गरी खससंग्रयको प्रतिष्ठान स्थापना गरिने बताए । उनले भने यसले हाम्रो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक धरातलको चित्रण पनि गरेको छ।’खससभ्यता राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमा आफूलाई विगतदेखि वर्तमानसम्म तिरस्कार र बहिस्कारको चपेटामा राखेको महसुस गर्नुपरेको उनी बताउँछन्। सभ्यता ओझेलमा पर्ने नदिने बताए ।










