क्रशर उद्योग संञ्चालनले जुम्ला सडक खण्ड जोखीम

कर्णाली राजमार्गको जुम्ला सडक खण्ड अन्र्तगत चन्दननाथ नगरपालिका – ७ खलचौरको बेउलाबेउली ढुंगास्थित गिट्टी बालुवा उत्खनन गर्दा सडक नै जोखिममा परेको छ । कठायत कन्टक्सन क्रसर उद्योगले बालुवा, गिट्टी उत्खननले सडककै जोखिम भएको हो । नियमन निकाय तथा स्थानीय सरकारको ध्यान नपुग्दा सार्वजानिक राजमार्ग क्षति पुगेको छ ।
जुम्लाका नेपाली काँग्रेसका नेता समेत रहेका निर्माण व्यवसायी राजुसिहं कठायतले आफ्नो नापी गरेको सडको छेउनजिक रहेको पाखा जमिनमा गिट्टी बालुवा उत्खनन गर्दा सडक भत्किने अबस्थामा पुगेको छ । उत्खनन्ले एकातिर प्राकृतिक सुन्दरता नै हराँउदै गएको छ भने अर्कोतिर बाढी, पहिरो, भुक्षय जस्ता प्राकृतिक विपत्तिका जोखिमसमेत बढेको जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताईन् । उनले भनिन, सडकको मुख्य भागमा छ्याप्छ्याप्त्ती बालुवा, गिट्टीको उत्खनन गर्दा यातायात संञ्चालन गर्न जोखिम भएको हो । यस कारणले बालुवा, गिट्टीको उत्खनन गर्दा ठुलो खाल्डो परेको छ ।
सकडको केही भाग समेत भासिएको छ । प्रमुख जिल्ला अधिकारी प्रसाईको नेतृत्वको सुरक्षा निकायको टोलीले स्थलगत अनुगमन गरेको छ । मानविय क्षेतिहुने जोखी बढेकाले उत्खनन कार्य रोकेर तत्काल खाल्डोमा पुर्न समेत सुरक्षा निकायको टोलीले निर्देशन दिइएको छ । अर्को तर्फको ठुलो क्षेति हुने गरेर आफ्नो आम्दानीको लागि काम गर्नु राम्रो पक्ष होइन । सडक भत्किने गरि जिल्लामा छ्याप्छ्याप्त्ती बालुवा, गिट्टीको उत्खनन भइरहँदा स्थानीय निकाय भने मौन रहेको छ । ‘वातावरण प्रभाव मुल्याकंन नगरी जथाभावी बालुवा, गिट्टी निकाल्न मिल्दैन, हामीसँग कसैले समन्वय गरेका छैनन् ।
‘यस बिषयमा सरोकारवालाले गम्भिर छलफल गरेर नियमन प्रक्रियामा जान आश्यक छ । निर्माण व्यवसायी कठायतले आफ्नो ब्यक्तिगत फाइदाका लागि जुम्ला राजमार्ग जोखिम अबस्थामा पुर्याउने गरेका छन् । यस बिषयमा बुझन खोज्दा उनले फोन समेत उठाएनन् । नियमनकारी निकाय नै मुखदर्शक भएपछि खलाचौर मात्रै होइन ठुला ठेकदारको बालुवा, गिट्टी, ढुंगा उत्खननमा मनपरी गर्दै आएका छन् ।