एमालेको भविष्य सकिएको एकीकृत समाजवादी दाबी
जुम्लाः जुम्लामा नेकपा एमाले सकिएकोे नेकपा एमाले एकीकृत समाजवादीले बताएको छ । नेकपा एकीकृत समाजवादी जिल्ला समिति जुम्लाले जुम्ला सदरमुकाम खलंगामा आयोजना गरेको बृहत जनप्रदर्शनको क्रममा यस्तो बताएको हो । नेकपा एमाले विभाजित भएपछि बनेको एकीकृत समाजवादीले जुम्लामा पहिलो पटक शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनमा जुम्लाका आठै स्थानीयतहका झण्डै ५ हजार नेता कार्यकर्ता सदरमुकाम झरेको बताइएको छ ।
प्रथम जिल्ला भेला तथा प्रदर्शनलाई एकीकृत समाजवादी कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले संवोधन गरेका छन । कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषिमन्त्री कुर्मराज शाही, प्रदेश सभा सदस्य पदमबहादुर रोकाया लगायत पेशागत संघ संगठनका केन्द्रीय स्तरका नेताले कार्यक्रमलाई संवोधन गरेका थिए ।
जुम्लाको बसपार्कमा पार्टी स्थापना गरिएको ठाउबाट शुरु भएको प्रर्दशन,कालेखोली, जिल्ला प्रशासन कार्यालय अगाडीबाट बिजयनगर हुदैँ कभर्डहलमा पुगेर भेलामा परिणत भएको थियो । भेलालाई संवोधन गर्दै एकीकृत समाजवादी कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले हजारौँ कार्यकर्ताको समर्थन र उपस्थितिले जुम्लामा एमाले पार्टी विलय भएको बताए । उनले भने,‘अब जुम्ला एमालेको रहेन । समाजवादीका लालकिल्ला बन्ने छ । ’
व्यक्तिवाद,अंहकार तथा विधि पद्दति विपरित काम गर्ने विरुद्ध डटेर सामाना गर्न नेपाली राजनीतिमा विद्रोहका रुपमा नेकपा एकीकृत समाजवादी पाटीको जन्म भएको उनले बताए । उनले समाजवादी पार्टीको विद्रोह जुम्लाबाटै शुरु बताउँदै जुम्लामा नेकपा एमाले सकिएको भन्ने पृष्टि भइसकेको बताए ।, उनले भने ,सबै मिलेर समाजवादी पार्टीलाई स्थापित गरौँ । यसैमा सबै नेता कार्यकर्ताको भलाइ हुने छ ।
’एकीकृत समाजवादी पार्टी जुम्लाका अध्यक्ष तिर्थबहादुर बुढाले एउटै घरभित्र पनि सधै किचलो,सधै अन्याय र अत्याचार सहेर बस्न नसकिने भन्दै एमाले भित्र केपी ओलीको अत्याचार बढेपछि विद्रोहका रुपमा एमाले भित्रै वैकल्पिक शक्तिका रुपमा एकीकृत समाजवादीको उदय भएको बताए । जुम्लामा एमाले समाप्त भईसकेको दाबी गर्दै अध्यक्ष बुढार्ले कार्यकर्ताको भरोसा,विश्वास तथा संख्यात्मक हिसाबले एमाले भन्दा समाजबादी पार्टी बलियो र ठुलो भएको उनले बताए ।
जुम्लाका एमालेबाट निर्वाचित ९० जना जनप्रतिनिधि मध्ये ४४ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् । ६१ जनाको जिल्ला कमिटी रहेकोमा ५८ जनाले समाजवादी रोजेका छन ।एकीकृत समाजवादी कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले हजारौ कार्यकर्ताको समर्थन र उपस्थितिले जुम्लामा एमाले पार्टि विलय भएको ठोकुवा गरे ।
त्यस्तै,कार्यक्रममा बोल्दै कृषिमन्त्री कुर्मराज शाही,सांसद पदम रोकाया लगायतका वक्ताले कर्णालीकै सबैभन्दा ठुलो र बहुमत भएको एकीकृत समाजवादि पार्टि जुम्लामै निर्माण हुने विश्वास व्यक्त गरे ।जुम्लामा एमाले समाप्त भई सकेको दाबि गर्दै कार्यकर्ताको भरोसा,विश्वास तथा संख्यात्मक हिसाबले एमाले भन्दा समाजबादी पार्टि बलियो र ठुलो भएको अध्यक्ष बुढाको भनाई छ । जुम्लाका एमालेबाट निर्वाचित ९० जना मध्य जनप्रतिनिधि मध्य ४४ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् । भने,६१ जनाको जिल्ला कमिटि मध्य ५८ जनाले समाजवादी रोजेका छन ।










