मैले बिताइरहेको यो कालो रात कसैले बुझेन

जुम्ला ः हरिदेवी कोइरालाले गाएको गीत छ पाइन खबर घरफर्कि आउनु मेरो हजुर । यो गीत त्यो समयमा मात्र होइन अहिलेपनि मन पराइने गीतमा पर्छ । कयौको जीवनमा मेल खान्छ यो गीतले । कति सम्म मेल खाने हो थाह पनि छैन । तर जुम्लाकी बिजमाया जैसीको जीवनमा भने यो गीत अहिलेसम्म लागु भएको छ । उनले यो गीत सुनेकि छन् कि छैन थाह छैन ।तर उनको जिवन भने यहि गितको सेरोफेरोमा झुण्डी रहेको छ । हो जैसीले श्रीमानको खबर नपाएको ११ बर्ष भयो । १२ बर्षमा त खोला पनि फर्कन्छ भन्छन् आस गरौ जैशीको जीवनमा पनि उनको श्रीमानको खबर फर्कन्छ कि ?जुम्लाकी बिजमाया जैसी १२ वर्षीया छोरी र १४ वर्षीया छोरा सँगै खुल्ला खेतमा बनाइएको सानो काठको टहरामा रात बिताउदै आएकी छिन्। ’विभिन्न ठाउँमा महिला बत्कार भएको समचार आउदा संञ्चारमाध्यमबाट सुन्दा चिन्ताले निद्रा लाग्दैन। घर बनाउने मसँगै कुनै उपाय छैन,’ उनले दुखी हुँदै भनिन्। उनको रातमा ओतलाग्ने टहरा भित्रै सानो टिनको चुलो छ। त्यसैमा सानो खाट अटेको छ। उनीसँग सुत्नको लागि चाहिने आवश्यक लत्ता कपडा पनी छैनन्।
महिलाको पीडा प्रति समाज अझै लचक भएन

गुठीचौर गाउँपालिका–५ फोइगाउकी बिजमाया जैसी एक पीडित महिला हुन। उनका एक छोरा र दुइ छोरी छन्। उनका श्रीमान ११ वर्ष देखि बेपत्ता छन्। संघीयता आएपछि महिला तथा बालबालिका कार्यालय खारेज भयो। उसो त प्रत्येक स्थानीय उपप्रमुखको नेतृत्वमा न्यायिक समिति छ। अधिकांश न्यायिक समितिका संयोजक पनि महिला नै छन्। तर महिलाले नै न्याय पाउन सकिरहेको छैनन्।
त्यति मात्रै होइन महिलाका हक हित र अधिकारका लागि निरन्तर काम गर्दै आएका महिला अधिकारकर्मी पनि छन्। तर गुठीचौर –५ की बिजमाया आफ्नो पीडामा साथ दिने कोही नपाएर भौतारीएकी छन्। महिलाका अधिकारका लागि लड्ने अधिकरकर्मीको नजर त्यहाँ पुग्न सकेको छैन। महिला अधिकार्मीको मात्रै होइन त्यहाँ संघीयताको पनि नजर पुगेको छैन। जहाँ अप्ठेरोमा परेका महिलालाई आश्रय हुँदैन भने के सघीयता? के को समृद्धी? यी सबै नाराको कुनै अर्थ छैन ।
कसरी बन्यो काठको टहरा?

पुरोना घर गत पुस महिनाको हिमपातले भत्कियो। घर लगाएको जग्गा पनि माइतीले दिइका हुन। साँझ बिहानको छाक टार्न गाह्रो हुने उनको घर बनाउ सक्ने खालको अवस्था छैन। उनले भनिन्, ’भत्केको घरको काठले काठको सानो टहरा बनाएर टाले।’ कुनै पनि छोरीलाई दुःख प¥यो भने माइत जान्छन्। आफ्नासँग दुःख बाँड्नछन्। तर जैसीको दुःख बाँडने थलो पनि छैन।
२० वर्ष अगाडि फोइगाउका धर्म दत्त जैसीसँग बिहे गरेर आएकी उनी श्रीमान सँगै हुँदा पनि अरुकै ज्याला मजदुरी गरेर जिविका चलाउँथे ्। पहिला देखि नै घरको अवस्था नाजुक थियो। त्यसै माथि तीन भाइको अंश बन्डा भयो। अहिले उनीसँग सम्पत्तिको नाममा एक भारी खेत र एक हलको लेकाली जग्गा छ। त्यो बाहेक अरु केही छनै।

यो अवस्था कसरी आयो?

११ वर्ष भन्दा पहिले बिजमायाका श्रीमान धर्मदत्त डोल्पा जिल्लामा व्यापार गर्न गएर दुइ वर्ष डोल्पामै बसे। त्यसपछि उनी भाइतिहारको अगिल्लो दिनमा घर आए। तिहार मनाए। तिहारको भोली पल्ट खुद्रा सामान किनेर ल्याएर गाउँमै व्यापार गर्छु भनि नेपालगन्ज गएका थिए।
त्यस त्यसपछि न आफू आए न त केही खवर नै आयो। ’म श्रीमान फर्केर आउने आशामा तिनवाटा बच्चा पालेर बसे,’ उनले भनिन्, ’अब त शरीर पनि कमजोर हुँदै गयो। काम गरेर छोरा छोरी पाल्न सक्कने अवस्था छैन। त्यसको गुहार माग्न ताँपाइकहाँ आए।

उनी ११ वर्षसम्म पति फर्केर आउने आशामै बिताएको सुनाइन्, ’मैले रुने ठाउँ पनि पाइनँ। ससाना छोराका अघिल्तिर रुन मिलेन,’ उनले भनिन्, ’माइतीको अवस्था पनि उस्तै छ। रुनलाई जानू कहाँ जाउ ?’
बिजमाया ३९ वर्षकी भइन। लाउ खाउ भन्ने उमेरमै यो पीडाले उनको अनुहार चाउरी परिसकेको छ। ’म मेरो छोरा र छोरीका लागि केही गर्नुपर्छ भन्ने सोचाइमा बाँचेकी छु। मेरो पीडा देखेर पनि समाज हाँसिरहेको छ। यहि समाजका केही मान्छेको पाउ परेर पनि बच्चाको छाकटार्ने गरेकी छु,’ उनले लामो सुस्केरा हाल्दै बोलिन।
गाउँमा स्थानीय सरकार आएपछि श्रीमानको खोजतलास गरि दिन भनि प्रहरीमा निवेदन दिए पनि आफ्नो अगाडि पछाडि लाग्ने मान्छे नभएपछि प्रहरीले वास्ता नगरेको उनको गुनासो छ।
गरिबलाई नचिन्ने संघीयताको के काम?

गाउँमा सिहंदरबार आएको पनि चार वर्ष पुरा भएर ५ औं वर्ष लागिसकेको छ। तर गरिब दुःखीले संघीयताको महशुस गर्न नसक्नु बिडम्बना हो। ’गाउँमा सिहंदरबार आयो। तर हामी जस्ता घरबार विहिनलाई पुनर्बास गराउलान् भन्ने सोचेको थिए,’ उनले भनिन्, ’धनिलाई धनि हुने र गरिबलाई झन् गरिब बनाउने रहेछ। मैले बिताइरहेको यो कालो रात कसैले बुझेन।’
काम गरेको पैसा पनि समयमै दिदैनन्

उनीसँग गाउँमा आउने विकासको पनि तितो अनुभव छ। विकास ल्याउनेहरु काम त गराउँछन् तर पैसा दिने बेला आज आज भोली भोली भन्दै महिनौ दिन कुराउँछन्। घरमा खाने चामल हुँदैन। महिला भनेर सम्मान कामको सम्मान ज्याला दिदैनन्। पूरुषलाई बढी र महिलालाई कम छ।दिनभरको कामले थकित शरीर खाना पछिको आराम गर्नेबेला वर्षा सुरु हुन्छ। रातमा पनि उही दुःख। काठको टहराभित्र पानी पस्छ। शरीर त चिसो हुन्छ नै मन पनि उसै चिसिन्छ।
दिनभर काम गरेर ल्याएको खाना खाएर आन्नदले सुत्ने ठाउँ छैन। वरिपरिका छिमेकीले ठुला ठुला घर बनाएका छन्। बच्चाले ’आमा हामी ठुलो घर कहिले बनाउने?’ भनेर सोध्दा उनको छाती चिरिन्छ। ’छोरा छोरीले मर्न दिर्दैनन्। यो गरिबीले बाँच्न दिदैन,’ भन्दै उनले भगवान पुरकारिन्।
कसरी होला दैनिकी सहज?

जेठी छोरी १८ वर्षकै उमेरमा बिहे गरेर गइसकेकी छन्। अब उनीसँग एक छोरा र एक छोरी छन्। उनीहरुले खाना, लाउन नपाउने भए भनेर पिर बढिरहेको उनले बताइन्।
’रातीमा ढुक्कले निदाउन पाउने घर र छोरा छोरी पढाइ दिने व्यवस्था भए सहज हुने थियो,’ उनले भनिन्, ’श्रीमान आउने त आशा पनि मरिसकेको छ। सरकारी स्कुलमा पढाउन पनि कापी कलम र लत्ता कपडा चाहिन्छ। मैले अरुको बाउर गरेको पैसाले चामल खाने पुग्दैन। अब त पहिलेको जस्तो काम पनी गर्न सक्दिन। शरिर दुखेर थला पर्ने बेला भइसक्यो।’
एक त महिला त्यसै माथी टहराको बास

रातीमा ओतलाग्ने टहरा भित्रै सानो टिनको चुलो छ । त्यसैमा सानो खाट अटेको छ । उनी संग सुत्नको लागी चाहिने आबश्यक लत्ता कपडा पनी छैनन । दिनभरको कामले थकित शरिर खाना पछिको आराम अनि निद्रा आउला भन्ने बेलाबाट वर्षा सुरु हुन्छ । यही काठको टहराबाट पानीका छिक्रा बित्रआउन थाल्छन मुटु तर्सिने गर्छन्। जेनतेन दिनभरी काम गरेर ल्याएको खाना खाएर अन्नदले सुत्ने ठाउछैन ।

सम्बन्धित समाचार