लिताकोट घटनामा निवर्तमान सांसद शाहीले फैलाइएको ‘तरवार’ हल्ला निराधार
जुम्ला: तातोपानी गाउँपालिका–३ तिलाकोटमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा निवर्तमान सांसद ज्ञानेन्द्र शाहीले विभिन्न व्यक्तिलाई जोडेर फैलाइएको ‘तरवार ल्याइएको’ हल्ला निराधार भएको जुम्ला प्रहरीले स्पष्ट पारेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा निवर्तमान सांसद शाही आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मत माग्ने क्रममा लिताकोट पुगेका थिए। स्थानीयवासीका अनुसार, मतदाता सँगको प्रश्न–उत्तर र बहसलाई तोडमोड गरी सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत भ्रम फैलाइएको थियो।
स्थानीयका अनुसार २०७९ सालको निर्वाचनमा शाहीले गरेका चोते र घोडामर्ची बेचिदिने,तथा तातोपानीका धारामा स्विमिङ पूल बनाइदिने प्रतिबद्धता अहिले सम्म पूरा नभएकाले प्रश्न उठाएका थिए। तर ती प्रश्नको जवाफ नदिई आफूलाई पीडित देखाउने प्रयास गरिएको उनीहरूको भनाइ छ।
त्यस्तै, साउदी अरबमा निधन भएका तिलाकोटका तिल कार्कीको शव नेपाल ल्याउन सहयोग माग्दा निवर्तमान सांसद शाहीले फोनसमेत नउठाएको पारस कार्कीले बताएका छन्। शाही लिताकोटमा भोट माग्दै मृतकका हजुरबुवासँग आफूले पहल गरेर शव नेपाल ल्याएको दाबी गरिरहेका थिए। तर पारस कार्कीले भने,“मैले कुनै पार्टीको राजनीति गरेको छैन। बाबाको शव ल्याउन पहल गरिदिनुस् भनेर आग्रह गर्दा फोन समेत उठेन।अहिले चुनावमा ‘मैले शव ल्याएँ’ भन्नु झुट हो भनेका थिए ।मैले तपाँइलाई चिन्दिन भनेर जफाव दिए । परसले उनी संगै अघिल्ले निर्वाचन खिचेको फोटा देखाए पछी ज्ञान बहादुर शाही सरसर हिडेका थिए त्यहाका स्थानीयले हल्ला गरेको भिडियो देखिन्छ ।
त्यस्तै स्थानीय धर्मराज रावलले भने,शाहीले त्यो कुरा ढाकछोप गर्न ‘तरवार देखाइएको’ आरोप लगाएर प्रचारबाजी गरेको बताए। उनले भने, “यदि मैले तरवार ल्याएको प्रमाण देखाइयो भने म सजाय भोग्न तयार छु। गाउँमा विवाह थियो, सबै नाचगानमा व्यस्त थियौं। मसँग मोबाइल बाहेक केही थिएन।” रावलले आफू अनावश्यक रूपमा राजनीतिक चरित्रहत्या गरेको भन्दै कानुनी बाटो अपनाउने चेतावनी दिएका छन्।
प्रहरीको स्पष्टिकरण
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी लोकेंद्र अधिकारीका अनुसार, घटनाको जानकारी पाएपछि लिताकोटमै रहेको प्रहरी टोली गाउँ पुगेको थियो ।उनले भने,“त्यहाँ कुनै व्यक्तिले तरवार ल्याएको छैन। यदि हतियार भएको भए प्रहरीले तत्काल नियन्त्रणमा लिइहाल्छ । यो केवल हल्ला मात्र हो।स्थानीयवासीहरूले आधारहीन आरोपले गाउँको इज्जतमा आँच पुगेको भन्दै दोषीमाथि कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्। उनीहरूले पत्रकार भेटघाटमार्फत घटनाबारे सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन्।









