४ वर्षीय बालकको डुबेर मृत्यु
कञ्चनपुरःभिमदत्त नगरपालिका(१ बाराकुण्डा बस्ने हिरा सिहं कुँवरको छोरा ४ वर्षीय प्रिन्स कुँवरको सोही ठाउँस्थित रौटेला खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको उपचारको लागि महाकाली प्रादेशिक अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








