३५ वर्षीय राय मृत अवस्थामा फेला
काठमाडौं ः काठमाडौं महानगरपालिका(१६ माछापोखरी हिमालय सपिङ सेन्टर पछाडी रौतहत मौलापुर नगरपालिका(७ घर भई काठमाडौं गोंगबु बस्ने ३५ वर्षीय रामदेव राय यादव सोमबार मृत अवस्थामा फेला परेका छन् । सुनसरी, बराहक्षेत्र नगरपालिका(४ धनपुरी नयाँपुलस्थित चतरा जुम्का नहरको छेउमा सोही नगरपालिका(३ बस्ने ६६ वर्षीया दुर्गामाया राउत सोमबार मृत अवस्थामा फेला परेकी छन् । चितवन, भरतपुर महानगरपालिका(३ लाईन्स चोकस्थित शुभम् पेट्रोल पम्म अगाडि हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । रुपन्देही, शुद्धोधन गाउँपालिका बेतानीस्थित नहरमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








