जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, रुपन्देही, ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका(८ बसडिलवा बस्ने ४० वर्षीय बलीराम थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बलीरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी रुपन्देही, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाउँपालिका(४ बेलडाँडा बस्ने ५२ वर्षीय नेत्र बहादुर कुँवरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कुँवरले ती बालिकालाई सोही ठाउँस्थितको जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । संखुवासभा, ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोटखोला गाउँपालिका(४ गोला दोबाटो बस्ने ६५ वर्षीय जिम्बा भोटेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिम्बाले ती महिलालाई जबरजस्ती गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । तनहुँ, २० वर्षीया आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका(६ टुहुरे पसल बस्ने ६२ वर्षीयपुरुषलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ती पुरुषले आफ्नै छोरीलाई ४र५ महिनादेखि पटक(पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रावतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








